आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फ्रान्समा सरकारले अघि सारेको पेन्सन सुधार विरुद्ध हडताल, देश ठप्प

  • प्रकाशित मिति : शनिबार, मंसिर २१, २०७६



  • एजेन्सी । पेन्सन सुधारविरुद्ध फ्रान्समा देशव्यापी हडताल शुरु भएको छ । हडतालको कारण जनजीवनमा ठूलो असर परेको छ ।

    हडतालका कारण स्कुल र कार्यालयको कामकाज प्रभावित भएको छ भने यातायात सेवा लगभग ठप्प भएको छ । कयैन स्थानमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ । पेरिसमा दजनौं मानिसलाई नियन्त्रणमा लिइसकेको छ ।

    फ्रान्सको श्रमिक वर्ग पेन्सन योजनामा प्रस्ताव गरिएको नयाँ सुधारबाट असन्तुष्ट छ । नयाँ प्रस्तावमा अवकासको उमेर बढाइएको छ । त्यस्तै निर्धारित समयभन्दा अघि रिटायर हुने मानिसलाई कम भुक्तानी प्राप्त हुनेछ ।

    हडतालमा शिक्षक र यातायात कर्मचारीसँगै प्रहरी, वकिल, अस्पतालका कर्मचारी, हवाई अड्डाका कर्मचारी र अन्य कामकाजी मानिस पनि छन् ।

    राष्ट्रपति इम्यानुयल म्याक्रोले फ्रान्समा एक ‘युनिर्भसल प्वाइन्टमा आधारित पेन्सन प्रणाली’ सुरु गर्न चाहन्छन् ।

    उनको उदेश्य यसबाट फ्रान्समा विधामान पेन्सन प्रणालीलाई विस्थापन गर्ने रहेको छ ।

    हाससम्म फ्रान्समा नीजि र सार्वजनिक क्षेत्रको कर्मचारीहरुको लागि ४२ वटा अलग अलग पेन्शन योजनाको व्यवस्था छ । यी सबमा अवकासको उमेर र लाभाशं अलग अलग छ ।

    वर्कर्स फोर्ससँग सम्बन्धन रहेका क्रिस्टियन ग्रोलियरले असन्तोष व्यक्त गर्दै भने ,‘माग पुरा भएन भने हामी अर्थव्यवस्थालाई ठप्प बनाउनेछौं ।’

    राष्ट्रपति बनेपछि म्याक्रो सुधारको लागि प्रयासरत छन् । उनले श्रमिक कानूनमा कटौती गर्ने र व्यापार वृद्धि गराउनको लागि करमा कटौती गरेका छन् ।

    प्रदर्शनका क्रममा कयैन स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

    हडतालमा फ्रान्सको जनसंख्याको ठूलो समर्थन रहेको देखाएको छ । एक मतसर्वेक्षणमा हडतालको पक्षमा ६९ प्रतिशत जनसमर्थन रहेको देखाएको छ । १८ देखि ३४ वर्षबीचका उमेर समूहका जनसंख्यामा हड्तालप्रति बढी समर्थन देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij