आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डोनाल्ड ट्रम्पको महाभियोगसँग जोडिएका हरेक प्रश्नको जवाफ

  • प्रकाशित मिति : शनिबार, पुस ५, २०७६



  • अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्जेटिभ’ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ । अब यो मद्दा अर्को महिना माथिल्लो सदनमा जानेछ । त्यहाँ महाभियोगको पक्षमा दुई तिहाइ बहुमत मत प¥यो भने ट्रम्प राष्ट्रपति पदबाट हट्नेछन् ।

    तर माथिल्लो सदनमा ट्रम्पको पार्टी रिपब्लिकनकै बहुमत छ । यस्तोमा राष्ट्रपति पदबाट ट्रम्प हटाइने सम्भवना न्यून छ । डोनाल्ड ट्रम्प महाभियोग सामना गर्ने अमेरिको तेस्रो राष्ट्रपति हुन् । अब महाभियोगको बाँकी काम सिनेटमा हुनेछ ।
    तर महाभियोग सफल रह्यो भने के हुनेछ ? महाभियोग लाग्यो भने ट्रम्प पुन राष्ट्रपतिमा उठ्न सक्छन् ? यस्ता धेरै प्रश्न छन् जसको जवाफ यहाँ दिइएको छ ।

    सिनेटमा ट्रम्पविरुद्धको कारबाही कहिलेबाट सुरु हुन्छ ?

    स्पष्ट रुपमा अहिले केही पनि तय भएको छैन । जनवरीको दोस्रो हप्ता सिनेटको हिउँदे अधिवेशन अन्त्य हुनेछ । आम सहमति यो छ कि दोस्रो हप्ताको सुरुमा ट्रम्पविरुद्ध जाँच शुरु हुन सक्छ । डेमोक्रेटिक पार्टीका नेता चक शूमरले माथिल्लो सदनमा यस्तो अनुरोध गरेका थियो ।

    सिनेटका रिपब्लिकन नेता मिच म्याककोनल यस मागलाई स्वीकार्न सक्छन् तथापि उनका अन्य मागहरु अस्वीकार हुन पनि सक्छ ।

    यदी ट्रम्पविरुद्धको महाभियोग सफल भयो भने सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा के असर हुन्छ ?

    महाभियोगले आगामी निर्वाचनमा के असर गर्नेछ भन्ने पनि अझै स्पष्ट छैन । तर रिपब्लिकन पार्टीको भनाईमा यसले तिनलाई फाइदा गर्नेछ । तिनको विश्वासमा अफ्ठ्यारो अवस्थामा तिनका कार्यकर्ता पार्टीको साथमा उभिनेछन् । त्यसले गर्दा चुनावलाई आवश्यक धेरैभन्दा धेरै रकम संकलन हुनेछ ।

    उता डेमोक्रेटिक पार्टीको भनाइमा महाभियोग राष्ट्रपतिको ट्रम्पको लागि दाग समान हुने भएकाले त्यसले चुनावमा रिपब्लिकनलाई असर गर्नेछ ।

    यदी ट्रम्पलाई पदबाट हटाइयो र उप–राष्ट्रपति पेन्स राष्ट्रपति बने भने के उनले ट्रम्पलाई उप–राष्ट्रपति बनाएर आफ्नो पदबाट राजिनामा दिन सक्छन् ? के छ कानुन ?

    संविधानले यसलाई नरोकोले यो विकल्पनि पनि सम्भव छ । तर अफ्ठ्यारो तब आउनेछ महाभियोगपछि राष्ट्रपति बनेका माइक पेन्सले डोनाल्ड ट्रम्पलाई उप–राष्ट्रपति चुन्न संसदको दुवै सदनबाट स्वीकृति आवश्यकता हुन्छ ।
    तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत छ र स्वकृति हासिल गर्नु माइक पेन्सको लागि अफ्ठ्यारो हुन्छ । यो पनि हुन सक्छ कि माथिल्लो सदन अर्थात सिनेटले महाभियोगपछि डोनाल्ड ट्रम्पलाई भविष्यमा कुनै पनि पदमा नियुक्त गर्नबाट रोक लगाउन सक्छ । यदि तोकेर त्यसो भनियो भने सबै मार्ग बन्द हुनेछ ।

    तर यदि सिनेटले त्यस्तो खालको रोक लगाएन भने माइक पेन्सले ट्रम्पलाई उप–राष्ट्रपति बनाउन सक्छन् ।

    सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ र त्यो सदनले पक्कै पनि आफ्नो दलका राष्ट्रपतिलाई पदबाट हटाउने छैन । त्यस्तोमा यो सबै किन गरियो ?

    यसको पछाडि स्पष्ट रुपमा राजनीति देखिन्छ । डेमोक्रेटिक पार्टी राष्ट्रपतिलाई जवाफदेही ठह¥याउन चाहन्थ्यो र त्यसमार्फत उ राजनीतिक प्रभाव बलियो बनान चाहन्थ्यो । यो एक हिबासले सत्ता कमजुरी पनि हो ।
    डमोक्रेटिकहरु ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेर प्रतिद्वन्दीविरुद्ध जाँच गराउन यूक्रेनको राष्ट्रपतिमाथि दबाब हालेको साबित गर्न चाहन्छन् ।

    यदि तिनले यस्तो गर्दैन थे भने निश्चित रुपमा ट्रम्प आगामी केही कदम उठाउथें जसमार्फत डेमोक्रेटिक पार्टीले सन् २०२० को चुनावमा हार बेहोनुपर्ने हुन सक्छ । डेमाक्रेटिक पार्टी यदि चुप रहन्छ भने यो कार्यकर्ताहरुलाई हतोत्साहित गथ्र्यो र तिनको मनोबल कम गथ्र्यो ।

    यदी ट्रम्पमाथि महाभियोग चल्यो तर सिनेटले उनलाई दोषी ठह¥याएन भने के उनी आगामी चुनाव लड्न सक्छन् ? 

    डोनाल्ड ट्रम्प निश्चित रुममा आगामी चुनाव लड्न सक्छन् । महाभियोगले राष्ट्रपतिलाई राजनीतिक रुपबाट नोक्सान पु¥याउन सक्छ तर सिनेटले कानुनी रुपबाट उनलाई चुनाव लड्नबाट रोक्न सक्दैन ।

    महाभियोग मुद्दामा राष्ट्रपति विरुद्ध जाँचको अगुवाई कसले गर्छ, सर्वोच्च अदालतका मुख्य न्यायाधिश वा संसदको जुरी ? अमेरिकाको सर्वोच्च अदालतका मुख्य न्यायाधिश संबैधानिक रुपमै सिनेटको महाभियोग जाँचको लागि गठित निकायको अधिकारी हुन्छन् ।

    जाँचको रुपरेखाको लागि पहिले सिनेटमा मतदान गरिन्छ । त्यसपछि मुख्य न्यायाधिश जोन रोबट्स दिनप्रति दिनको कारबाहीको नेतृत्व गर्नेछन् । एक महत्वपूर्ण कुरा, यदि रिपब्लिकन पार्टीका १ सय सांसद चाहन्छन् भने जति खेर पनि जाँचको नियमलाई बदल्न सक्छन् ।

    ट्रम्पले कानुन तोडेका छन् र तल्लो सदनले महाभियोगको लागि स्वीकृति दिइसकेको छ । तर यस्तोमा सिनेटले ट्रम्पलाई बचायो भने यो न्याय कसरी भयो ? 

    शायद न्यायसँग यसमा कुनै लिनुदिनु छैन । सन् १७८७ मा संविधान लेख्ने अमेरिकाका संस्थापकहरुले सहमतिमबाट महाभियोग लगाउने र हटाउने प्रक्रियालाई राजनीतिक प्रक्रिया भनेर उल्लेख गरेका थिए ।

    राजनेताले नै राष्ट्रपतिलाई हटाउनेबारे प्रस्ताव ल्याउन सक्छन् । अमेरिकी लोकतान्त्रिक व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सामेल छ । संविधान निर्माताहरुले यीमाथिको निरंकुशतालाई लगाम लगाउन यो व्यवस्था सुरु गरेका थिए ।

    महाभियोगले राष्ट्रपतिलाई जवाफदेही बनाउँछ । तर यसले न्याय सुनिश्चित गर्छ कि गर्दैन भन्ने वहसको विषय छ ।

    के सिनेटको सांसदहरुले पार्टी लाइनमै गएर मतदान गर्छन् वा ती स्वतन्त्र मत दिन सक्छन् ?

    प्रत्येक सिनेटरलाई आफ्नो विवेकको आधारमा कसलाई मत दिने भन्ने अधिकार छ । यस आधारमा ती स्वतन्त्र हुन्छन् । यही कारण तल्लो सदनमा । डेमोक्रेटिक पार्टीका दुई सदस्यले महाभियोगविरुद्ध मत दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij