आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नर्वेकी राजकुमारीका पूर्वपतिले गरे ४७ वर्षको उमेरमा आत्महत्या

  • प्रकाशित मिति : बिहिबार, पुस १०, २०७६



  • एजेन्सी। नर्वेका राजाका पूर्व ज्वाईँको निधन भएको छ । विभिन्न उपन्यास तथा नाटकका लेखक समेत रहेका नर्वेकी राजकुमारी मार्था लुइसका पूर्व पति अरी बेहनको ४७ वर्षको उमेरमा निधन भएको हो।

    अरी र राजकुमारी मार्थाको सन् २००२ मा विवाह भएको थियो । तर उनीहरुको वैवाहिक सम्बन्ध दुई वर्षअघि अर्थात सन् २०१७ मा टुंगिएको थियो । अरीका प्रवक्ताले नर्वेको एनटिबी एजेन्सीलाई दिएको जानकारी अनुसार अरीले आत्महत्या गरेका हुन् ।

    नर्वेका राजा–रानीले एक वक्तव्य जारी गरेर अरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनी लामो समय राजपरिवारको महत्वपूर्ण सदस्य रहेको र उनको स्मृति जहिले पनि राम्रो व्यक्तिका रुपमा रहने वक्तव्यमा उल्लेख गरिएको छ ।

    डेनमार्कमा जन्मिएका अरी र मार्थाको वैवाहिक जीवन विवादहरुले भरिएको थियो । अरीले लस भेगासमा लागुऔषध लिँदै गरेकी यौनकर्मी महिलासँग पार्टी गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो । अरी र मार्थाका तीन सन्तान छन्। उनीहरु सन् २०१६ देखि अलग बस्न थालेका थिए र सन् २०१७ मा सम्बन्ध विच्छेद भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij