आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तानको ४० वर्षदेखिको घाउ

  • प्रकाशित मिति : सोमवार, पुस १४, २०७६



  • काबुल (बीबीसी)। २७ डिसेम्बर १९७९ मा सोभियत संघको फौजले स्थल र हवाई आक्रमण गर्यो। र यसै दिन काबुलको क्यासर ताज बगैचामा रहेका अफगानिस्तानका तत्कालीन अफगान राष्ट्रपति हफीजुल्ला अमीनलाई विष दिएर हत्या गरियो।

    केही इतिहासकारहरुका अनुसार सोभियत फौज २४ डिसेम्बरकै राती अफगानिस्तानमा उपस्थित भइसकेको थियो, तर, सो फौजले ताज बगैचामा आक्रमण २७ डिसेम्बरको साँझ गर्यो।
    यो त्यो समय थियो जब अफगानिस्तानमा राष्ट्रपति महमूद खाऊद खानको सत्ता च्यूत गरिएको एक् वर्षको समय वितिसकेको थियो। इनकलाब ए सो (वा अप्रिल रिभोल्यूशन)पछि बनेको पीपल्ज डेमोक्र्याटिक पार्टी ‘खल्क’ को समूहको सरकार थियो, जसको पहिलो अध्यक्ष नूर मोहम्मद तरक्कीलाई उनकै पार्टीका हफीजुल्लाह अमीनले मारेर आफै सत्तामा आएका थिए।

    त्यो बेला अफगानिस्तानमा गृहमन्त्री फकीर मोहम्मद फकीर थिए। उनी अझै पनि स्मरण गछर्न्, अफगानिस्तानका पूर्व राष्ट्रपति हफीजुल्लाह अमीनको मृत्यु विषका कारण भएको होइन, रुसी सेनाले उनलाई आफ्नो दूतावास लग्यो वा रुस लग्यो र पछि हत्या गरिदियो।

    केही इतिहासकारहरुका अनुसार हफीजुल्लाह अमीनलाई उनकै परिवारका अगाडि रुसी सेनाले गोली हानेर हत्या गरेको थियो। फकीर मोहम्मद फकीर भन्छन्, ‘हफीजुल्ला अमीन सूप (झोल) पिउन निकै शौखिन थिए र उनलाई सूपमा विष मिलाएर खान दिइएको थियो।’

    ‘त्यो दिन तेस्रो प्रहरमा तीन बेजे उनले अफगान राष्ट्रपतिका केही कबयाली नबाबहरुसँग भेटघाट तय गरेका थिए, तर जब उनी क्यासर ताज बगैचा गए उनलाई राष्ट्रपति विरामी भएको र भेटघाट हुन नसक्ने भनियो।’
    बीबीसीसँग कुरा गर्दै फकीर मोहम्मद भन्छन्, ‘म जब तेस्रो तलामा राष्ट्रपतिको बेडरुममा गएँ, मैले देखेँ राष्ट्रपतिको नाकमा पाइप हालिएको थियो, दुई जना रुसी डाक्टरहरु त्यहाँ राष्ट्रपतिको पेट सफा गरिरहेका थिए। जब उनको पेट सफा गरियो, त्यसपछि उनलाई वासरुममा लगेर २० मिनेटसम्म चिसो पानीले नुहाइयो। केही समयपछि उनी होसमा आए।’
    फकीर मोहम्मदले आफुलाई राष्ट्रपतिले सम्बोधन गर्दै सचिवालयमा बस्न भनेको बताए।

    ‘जब म तलको अफिसमा पुँगे, चीफ आर्मी स्टाफ याकूब खानले मलाई रक्षामन्त्रालयमा खान बोलाए। म रक्षामन्त्रालयको दोस्रो तलमा उनलाई भेट्न गएँ। त्यहाँ त सातजना रुसी पनि थिए। मेरो परिचय गराइयो, मैले उनीहरुसँग हात मिलाएँ। सोही समय फाइरिंग शुरु भयो।’ उनले फाइरिंग निकै भयानक रहेको र त्यसको आवाजले अरु केही पनि सुन्न नसकिएको बताए।

    केही इतिहासकारहरुका अनुसार ताज बगैचा महलमा रुसी सेनाको अपरेशन साँझ ७ बजेर १५ मिनेटमा शुरु भयो र अर्को दिन बिहान सकियो। जसमा अफगान राष्ट्रपति मारिए र मुख्य सरकारी भवनहरु रुसी सेनाले कब्जा गर्यो। फकीर मोम्मद फकीरका अनुसार उनले राष्ट्रपति हफीजुल्लाह अमीनको मुखबाट सोभियत संघको विरोधमा केही कुरा सुनेका थिएनन् । उनको सरकार सोभियत संघको विरोमा पनि थिएन। उनी भन्छन्, ‘रुसी सेनाले हामीलाई तपाईँहरुका लागि उपहार ल्याएका छौं भन्यो र स्थल र हवाईमार्गबाट अफगानिस्तान प्रवेश गर्यो। रुसीहरुमाथि हाम्रो यति विश्वास थियोकी उनीहरुले मलाई मारेको भए पनि मलाई रुसीले मारेको विश्वास हुने थिएन।’

    अफगानिस्तानमा आक्रमणपछि सोभियत संघको सेना लगभग ९ वर्षसम्म अफगानिस्तानमा रह्यो। जहाँ मुजाहदीन उनीहरुको विरोधमा गैर आधिकारिक रुपमा युद्ध गरिरहे।

    राष्ट्रपति हफीजुल्लाह अमीनको मृत्युपछि सोभियत संघको सहयोगमा त्यो बेलाको पीपल्स डेमोक्र्याटिक पार्टीको ‘परचम’ समूहका बबरक कारमललाई सत्ता दिइयो। र अफगान सरकार र सोभियत संघ एकतर्फ भए जबकी मुजाहिदीनहरुको विरोधमा युद्ध लडिरहे।

    अमेरिका, साऊदी, पाकिस्तान र अन्य पश्चिमी देशहरुले अन्तिम समयसम्म अफगान मुजाहिदीनलाई पछाडिबाट सहयोग र समर्थन गरिरहे। (बीबीसी हिन्दीबाट अनुवाद)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij