आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्यानबेरा नेपालीको पहिलो रोजाइ

  • प्रकाशित मिति : मङ्लबार, पुस १५, २०७६



  • अष्ट्रेलिया । अष्ट्रेलिया आएका नेपालीको आकर्षण सङ्घीय राजधानी क्यानबेरा बन्न थालेको छ । स्थायी बसोबासका लागि सहज हुने भए पछि विभिन्न शहरमा रहेका नेपालीको यहाँ बसाइँसराइ क्रम बढ्दो रहेको छ ।
    राजधानी क्यानबेरा व्यवस्थित र शान्तशरह हो ।

    यहाँको जनसङ्ख्या चार लाख हाराहारी मात्र रहेको छ । विगत १२ वर्षदेखि बसोबास गर्दै आएका गैरआवासीय नेपाली सङ्घ क्यानबेरा क्षेत्रका उपसंयोजक अशोक बस्नेत आफूहरु आउँदा २०० को हाराहारीमा रहेका नेपालीको सङ्ख्या हाल पाँच हजार नाघेको बताउँछन् ।

    नेपाली्द्वारा यहाँ सञ्चालित पहिलो शैक्षिक तथा अध्यागमन परामर्श केन्द्रका निर्देशक आदर्शजङ्ग पाण्डेले नेपालीको आकर्षण बढ्नुमा स्थानीय सरकारले अबलम्वन गरेको अध्यागमन नीति नै प्रमुख रहेको जानकारी दिए ।
    यहाँको सरकारले केन्द्र सरकारको नीतिअनुसार अष्ट्रेलियाका मुख्य शहरभन्दा क्षेत्रीय शहरमा आप्रवासीको सङ्ख्या बढाउने कार्यलाई प्राथमिकता दिएको छ । नेपालबाट सोझै यहाँ आउने अन्य शहरबाट अध्ययन गरी स्थायी बसोबास (पिआर)का लागि यहाँ आउने गरेका छन् ।

    नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएसँगै विभिन्न सङ्घ संस्थाका गतिविधि पनि बढेका छन् । दुई चार वर्ष अघिसम्म नेपाली चलचित्र प्रदर्शन र नेपाली कलाकारका प्रस्तुति खासै रहेको थिएन । पछिल्ला वर्षहरुमा ती गतिविधि बढेका छन् । यहाँको अष्ट्रेलिया नेपाल फ्राइन्डसिप सोसाइटीका गतिविधि पनि बढ्दै गएको छ । ३७ वर्ष अघि यहाँका अष्टे«लियन र केही नेपाली विद्यार्थीले संस्था स्थापना गरेका थिए ।

    संस्थाको पहिलो महिला अध्यक्ष खुस्बु न्यौपाने पछिल्ला वर्षहरुमा अष्ट्रेलियाका अन्य शहरमा रहेका नेपाली विद्यार्थी पनि यहाँ आउने क्रम निकै बढेको बताउँछन् । नेपालीको सङ्ख्या बढेसँगै सोसाइटीले नेपालका हितमा विभिन्न कार्यक्रम ल्याएको छ ।

    यहाँका अधिकांश आवास क्षेत्रमा नेपाली भेट्न सकिन्छ । अस्पताल, व्यावसायिक मल, सरकारी कार्यालय, व्यापारिक केन्द्र, विश्वविद्यालयलगायतमा नेपाली कार्यरत रहेको देख्न सकिन्छ । यहाँ नेपालीहरुको खेलप्रति रुचि र गतिविधि उल्लेख्यरुपमा बढेको छ । नेपालीहरुले क्यानबेरा नेपाली फुटबल क्लब, भलिबल क्लब र क्रिकेट क्लब गठन गरेर सामूहिक खेलकूद गतिविधि सञ्चालन गर्दै आएका क्रिकेट क्लबका अध्यक्ष कमल आचार्यले जानकारी दिए ।

    सन् २०२० को अप्रिलमा अष्ट्रेलिया र छिमेकी देशमा नेपालीको सहभागितामा क्यानबेरामा बृहत् मेला हुने गरेको कार्यक्रमका ससंयोजक तथा अष्ट्रेलिया सरकारका वरिष्ठ जलस्रोतविज्ञ डा दुर्गादत्त कँडेलले बताए । यहाँको सरकारी अस्पताल क्यानबेरा अस्पतालमा कार्यरत अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटीका जनसम्पर्क अधिकृत समिर अधिकारी स्थायी बसोबास र सुुनिश्चित भविश्यको सहजताका लागि यहाँ नेपाली आउन क्रम बढेको बताउँछन् । यही शहरमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावास रहेको छ । अष्ट्रेलियाको सङ्घीय सरकारको संसद्का दुवै सभा, प्रधानमन्त्री एवं मन्त्रीहरुको कार्यालय सबै यही छन् ।

    क्यानबेरामा नेपालीहरुका लागि उपयुक्त देखिए पनि राज्य तथा केन्द्र सरकारका अध्यागमन नीति नियमको बारेमा बुझेर मात्रै आउनुपर्ने यहाँको अध्यागमनसम्बन्धी जानकार विक्रम सुवेदी बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij