प्रकाशित मिति : आइतवार, पुस २०, २०७६
काठमाडौं । अष्ट्रेलियामा मुस्लिम समुदाय र क्रिश्चियन समुदायका मानिसहरु भेला भई संयुक्त रुपमा प्रार्थना गरेका छन्।
देशमा आगलागी नियन्त्रण बाहिर गएपछि मानिसहरुले भगवानसँग वर्षाको लागि प्रार्थना गर्न थालेको डेलीमेलले जनाएको छ । ।
उद्धार कार्य जारी रहेपनि नियन्त्रणमा आउँन सकेको छैन्। आगलागीमा परि वन्यजन्तु र ठुलो धनजनको क्षती भएको छ।
बढी तापक्रमका कारण फैलिएको आगलागीका कारण त्यहाँको जनजीवन संकटग्रस्त रहेको बताइएको छ।
आगलागीबाट २५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
१५ सयभन्दा धेरै घर जलेका छन् भने करोडौं एकड जमिन ध्वस्त भएको छ।
आगलागीबाट अहिलेसम्म ५० करोड जनावर जलेर मरेका छन्। राज्यको सबै शक्ति लगाउँदा समेत आगो नियन्त्रण हुन नसकेको हो।
न्यू साउथ वेल्समा मात्रै करिब १० करोड एक जमिन आगोले जलेको छ।
हावा सँगै धुवाको मुस्लोले अन्यभागमा समेत आगो सल्किरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij