आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“इरान अमेरिकासँग पछि हट्दैन”- राष्ट्रपति रौहानी

  • प्रकाशित मिति : बिहिबार, पुस २४, २०७६



  • एजेन्सी । इरानका राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकी आक्रमणको जवाफ बुधबार दिएको दावी गर्दै इरान अमेरिकासँग पछि नहट्ने बताएका छन्।

    राष्ट्रपति रौहानीले बुधबार टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भने, “यदि अमेरिकाले कुनै अपराध गर्छ भने यसको निर्णायक जवाफ प्राप्त गर्नेछ।”

    “उनीहरूले बुद्धि पुर्याउँछन् भने अब यस बिषय (कारबाही) लाई थप अघि बढाउने छैनन्,” उनले भने ।

    आफ्ना कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी सेना तैनाद इराकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि इरानी राष्ट्रपतिको उक्त भनाइ आएको हो।

    रूहानीले भने, “यदि इरानको सेनाले अमेरिकाले गरेको कारबाहीको कुनै रूपमा प्रतिरोध गर्दा पनि पुग्दैन। मेरो विचारमा अमेरिकाले मध्यपूर्वका मुलुकहरूबाट खास प्रतिवादको सामना गर्नुपर्छ।”

    अमेरिकी आक्रमणमा इरानी विशेष बलका प्रमुख कमाण्डर कासिम सुलेमानी मृत्युपछि इरानी राष्ट्रपतिद्वारा पटक पटक मध्यपूर्वबाट अमेरिकाले फर्किनुपर्ने धारणा राख्दै आएका छन् ।

    रौहानीले भने, “अमेरिकीले हाम्रा प्रिय जनरल सुलेमानीको हात काटिदिए । यसको बदलामा अमेरिकाले यस क्षेत्र छोड्नु पर्नेछ । अमेरिका मध्यपूर्वबाट फर्किनु भनेको उसको हितका लागि उसको आक्रोसको अन्त्य हो।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij