आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुलेमानीलाई मार्नुअघि चारवटा अमेरिकी दूतावास इरानी निसानामा भएको ट्रम्पको दाबी

  • प्रकाशित मिति : शनिबार, पुस २६, २०७६



  • बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकाका चारवटा दूतावासमा आक्रमण गर्ने योजना बनाएकाले उसका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीलाई मारिएको दाबी गरेका छन्।

    कस्तो किसिमको खतरा भएकाले अमेरिकाले गत हप्ता ड्रोन आक्रमण गरेको थियो भन्ने प्रश्नमा उनले फक्स न्यूजलाई अमेरिकाका चारवटा दूतावास आक्रमणको जोखिममा भएको आफूलाई लागेको बताए।

    बग्दादस्थित अमेरिकी दूतावासबाहिर केही दिन प्रदर्शन भएपछि इरानी विशेष सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीविरुद्ध अमेरिकाले कारबाही गरेको थियो।

    तर सुलेमानीको हत्या हुनेगरी गरिएको आक्रमणबारे गुप्तचर निकायले गरेका ब्रीफिङहरूका आधारमा अमेरिकी दूतावासविरुद्ध त्यस्तो कुनै षड्यन्त्र भएको प्रमाण नदेखिएको विपक्षी डेमक्र्याटिक दलका सांसदहरूले बताएका छन्।

    ट्रम्पले अमेरिकी दूतावासहरूमा आक्रमणको जोखिम भएको दाबी पहिलोचोटि बिहीवार ह्वाइट हाउसमा गरेका थिए। उनले त्यही कुरा ओहायो राज्यमा आयोजित एउटा कार्यक्रममा दोहोर्‍याए।

    ट्रम्पको भनाइलाई विदेशमन्त्री माइक पोम्पेओले समर्थन गरे। ‘अमेरिकी दूतावासहरूमा आक्रमण समेत आसन्न जोखिमबारे हामीसँग विशेष सूचना थियो। कुरा सकियो,’ इरानविरुद्ध नयाँ प्रतिबन्धहरू घोषणा गर्दै उनले भने।

    इरानका सर्वोच्च नेता आयतूला अली खामनेईसँग निकट सम्बन्ध भएका ६२ वर्षीय सुलेमानीको नेतृत्वमा इरानले मध्यपूर्वमा आफ्नो सैन्य गतिविधि सञ्चालन गरेको थियो।

    उनलाई सिरिया सरकारले विद्रोहीसँग गरिरहेको युद्धका एक प्रमुख योजनाकार मानिन्थ्यो। इराकमा इरानलाई समर्थन गर्ने अर्धसैनिक समूहहरूको विस्तारमा पनि उनको भूमिका थियो। ट्रम्प र पोम्पेओले सुलेमानी हजारौँ जनाको हत्याका लागि जिम्मेवार भएको बताएका छन्।

    अमेरिकी सेनाले यमनमा बस्ने एक महत्त्वपूर्ण इरानी कमान्डर र अर्थदाता अब्दुल रेजा शाहलाईलाई ज्यानुअरी ३ निसाना बनाएको अमेरिकी सञ्चारमाध्यमहरूले शुक्रवार लेखेका छन्।

    तर उक्त गुप्त अभियानमा ती व्यक्तिको ज्यान नगएको विवरण नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित भएको छ। यमनमा गरिएको कारबाहीबारे अमेरिकाले औपचारिक रूपमा कुनै सार्वजनिक टिप्पणी गरेको छैन।

    ह्वाइट हाउसमा आयोजित पर्यावरणसम्बन्धी एउटा कार्यक्रममा बिहीवार बोल्दै ट्रम्पले इरानले अमेरिकी दूतावासमा विस्फोटन गराउन खोजेकाले आफूले सुलेमानीविरुद्ध कारबाही गर्न स्वीकृति दिएको बताए।

    सुलेमानीको हत्या गरिनुभन्दा केही दिनअघि बग्दादस्थित अमेरिकी दूतावासमा प्रदर्शनकारीले गरेको आक्रमण इरानले नै गराएको स्पष्ट भएको उनको दाबी थियो।

    ‘अनि त्यो कसले गरायो भन्ने तपाईँलाई थाहा छँदैछ। ती व्यक्ति अब जीवित छैनन्,’ उनले भने, ‘अनि उनको योजनामा त्यो दूतावासबाहेक अरू स्थान पनि थियो।’

    पछि ओहायो राज्यमा बोल्दै ट्रम्पले भने, ‘सुलेमानीले नयाँ आक्रमणका लागि सक्रिय रूपमा योजना बनाइरहेका थिए र उनी गम्भीर रूपमा हाम्रा अरू दूतावासलाई निसाना बनाउन खोज्दैथिए, खालि बग्दादस्थित दूतावासमा मात्र हैन।’

    उक्त विषयमा जानकारी नगराइएको भन्ने गुनासोप्रति टिप्पणी गर्दै ट्रम्पले यदि त्यसो गरिएको भए डेमक्र्याट सांसदहरूले सैन्य योजना सञ्चारमाध्यमलाई चुहाइदिन सक्ने भन्दै खिसी गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij