प्रकाशित मिति : शनिबार, माघ ४, २०७६
नयाँ दिल्ली (एजेन्सी) । बलिउड अभिनेत्री तथा लेखक जाबेद अख्तरकी श्रीमती सबना आजमी शनिबार कार दुर्घटनामा परेकी छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार मुम्बईबाट पुणे जानेक्रममा उनको कारलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको छ।
दुर्घटनामा परी आजमी गम्भीर घाइते भएकी छन्। उनी बेहोस रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनको नाकमा निकै चोट लागेको र अवस्था स्थिर रहेको बताइएको छ।
समाचारअनुसार दुर्घटना हुँदा उनका श्रीमान जावेद अख्तर पनि साथमै थिए। र उनी भने सकुशल रहेको बताइको छ।
यसैबीच आजमी दुर्घटनामा परेपछि लता मंगेसकरलागताका बलिउड सेलिब्रेटीहरुले उनको स्वास्थ्य अवस्थामा सुधारका लागि प्राथाना गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij