आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साढे चार सय किलोका पहलमानलाई चाहियो १ सय किलोकी श्रीमती

  • प्रकाशित मिति : बुधबार, माघ ८, २०७६



  • पाकिस्तानी हल्कको नामले परिचित २७ वर्षकी अरबाब खिजर हयात पेशाले भारत्तोलक पनि हुन् । उनलाई खान बाबाको नामले पनि चिनिन्छ । उनको वजन ४ सय ४४ किलोग्राम रहेको छ । तर यो भिमकाय वजन अब उनकै लागि समस्याको कारक बनेको छ ।

    किनकी उनले अहिलेसम्म आफ्नो साइजको जिवनसाथी फेला पार्न सकेका छैनन् । साढे ४ सय किलो वजनका हल्कलाई कम्तीमा १ सय किलो वजनकी पत्नी चाहिएको छ । ताकि उनको जोडी सुहाओस् ।

    खैबर पख्तुनख्वा जिल्लाको मरदानमा बस्दछन् अरबाब । उनी भन्छन्, ‘मेरा बुबाले चाहनुहुन्छ कि मेरो बिहे होस् । मेरो बुवाले आफ्ना नाति नातिना होस् भन्ने चाहनुहुन्छ । तर मैले अहिलेसम्म केटी फेला पारेको छैन । पछिल्लो सात वर्षदेखि मैले जोडी खोजिरहेको छु । अहिलेसम्म दुई तीन सय केटी हेरिसकेँ । तर ती सबै औसत वजनका मात्र थिए ।’

    अरबाबको परिवारले उनको हुनेवाला बेहुलीको उचाई ६ फिट चार इन्च हुनुपर्ने शर्त राखेको छ । अरबाबको उचाई ६ फिट ६ इन्च रहेको छ ।

    साथै हुनेवाला बेहुलीसँग राम्रो खाना बनाउने सिप हुनु पनि आवश्यक छ । स्मरण रहोस् कि अरबाबलाई दैनिक १० हजार क्यालोरी डाइट चाहिन्छ । उनले हरेक बिहान ब्रेकफास्टमा मात्रै ३६ वटा अण्डा खाने गर्दछन् । त्यसका साथै उनले एक दिनमा चारवटा कुखुराको मासु र पाँच लिटर दुध समेत खान्छन् ।

    आफ्नो एकमात्र लक्ष्य विश्वकै सबैभन्दा बलवान व्यक्ति बन्नु रहेको उनी बताउँछन् । यसका लागि उनले किशोरावस्थादेखि नै आफ्नो वजन बढाउन सुरु गरेका थिए । जुन सिलसिला अहिले पनि जारी छ । आफूलाई कुनैपनि स्वास्थ्य समस्या नरहेको र आफु पूर्ण रुपमा फिट रहेको उनको दाबी छ ।

    एक ट्रयाक्टरलाई रसीले बाँधेर तानेको भिडियो भाइरल बनेसँगै अरबाब पहिलोपटक चर्चामा आएका थिए । सन् २०१२ मा जापानमा आफुले ५ हजार किलो वजन उठाएको दाबी उनको छ ।

    साथै आफुलाई डब्लुडब्लुइ बाट पदक प्राप्त भएको र आफ्नो नाम गिनिज बुकमा समेत लेखिएको जिकिर उनको छ । यद्यपि यथार्थमा चाहीँ उनको नाम गिनिज बुकमा हालसम्म दर्ज भएको देखिँदैन । एजेन्सीको सहयोगमा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij