आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वका सबैभन्दा धनी व्यक्तिको फोन साउदी युवाराजले ह्याक गरेको खुलासा

  • प्रकाशित मिति : बिहिबार, माघ ९, २०७६



  • एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोजको फोन सन् २०१८ मा ‘हयाक’ भएको थियो । उनले फोन कसले ह्याक गरेको थियो भन्नेमा विज्ञबाट अनुसन्धान गराएका थिए ।

    अनुसन्धानका क्रममा फोन ‘ह्याक’ हुनुअघि बेजोजको ह्याटएपमा एक म्यासेज आएको र त्यसपछि बेजोजका फोनका अधिकाशं सामाग्री चोरी भएको देखाएको छ ।

    ह्याटएपमा पठाइएको म्यासेज साउदी युवराज मोहम्मद बिन सलमानले प्रयोग गर्ने नम्बरबाट आएको पनि तथ्य सार्वजनिक भएको छ ।

    उक्त म्यासेजमा गुप्तचर सामाग्रीले विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको मोबाइलको गोप्य सुचना चोरिएको ‘प्रमाण’ विज्ञले पाएका थिए । यी जानकारी ह्याकको कारण खोज्ने डिजिटल फोरेन्सिकले पत्ता लगाएको हो ।

    डिजिटल फोरेन्सिक मुल्याकंनमा बेजोजको मोबाइलमा साउदी युवराजको ह्याटएप एकाउन्टबाट एउटा भिडियो फाइल पठाइएपछि मोबाइलका सामाग्रीमाथि ह्याकरको पहुच पुगेको प्रमाणित भएको बताइएको छ ।

    बेजोज वाशिन्टन पोष्टका मालिक हुन् । त्यस पत्रिका स्तम्भकार जमाल खसोग्गी साउदी युवराजका कट्टर आलोचक थिए । मोबाइल ह्याक भएको पाँच महिनापछि खसोग्गीको हत्या भएको थियो ।

    भिडियो पठाउनुअघि बेजोज र मोहम्मदले केही समयदेखि ह्वाटएपमा मित्रवत सम्वाद गरिरहेको देखिन्छ । तर त्यही सम्बादबीच सन् २०१८ मे महिनाको पहिलो दिन बिना प्रसंग एक भिडियो पठाएको देखिन्छ ।

    त्यसपछि लगतै बेजोजको फोनबाट ठूलो तथ्याकं निकालिएको गार्जियनले एक विश्वस्त सुत्रको उल्लेख गर्दै लेखेको छ ।

    घटनाको केही महिनापछि सन् २०१८ अक्टोबरमा बेजोजको पत्रिका वाशिन्टन पोष्टका पत्रकार खशोज्गीको टर्कीस्थित साउदी दुतावासमा हत्या भयो ।

    खजोग्गीको हत्याका लागि युवराजले सिधै निर्देशन दिएको पश्चिमी मिडिया तथा टर्कीले आरोप लगाउदै आएका छन् ।

    फरक प्रसंगमा सन् २०१९ जनवरीमा नेसनल इन्क्वाइरी नामक ट्याबलोइडमा बेजोजका कैयो अन्तरंग सामाग्री छापिए ।

    नेसनल इन्क्वाइरीले बेजोजका अन्तरंग तस्विर बेजोजकी प्रेमिकाबाट रुष्ट रहेको दाईले उपलब्ध गराएको स्पष्टिकरण दिएको थियो । तर बेजोजले ती तस्विर दाईसम्म कसरी पुग्यो भन्ने निष्कर्षमा पुग्न एक विशेष अनुसन्धान गराएका थिए ।

    अनुसन्धानले त्यसको सम्बन्ध साउदी राजपरिवारमा गएर जोडिएको देखाएको छ ।

    यस प्रकरणले साउदी राजकुमारको छविमा थप धक्का लगाउनेछ । युवराजले पश्चिमा लगानीकर्ताबाट उनको देशमा लगानी आकर्षित गर्नको लागि पछिल्लो समय अघि सारेको योजनामै पनि धक्का पर्न सक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij