आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुग्यो

  • प्रकाशित मिति : बिहिबार, माघ १६, २०७६



  • MERS-CoV particles on camel epithelial cells

    चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार १ सय ७० पुगेको छ । ।

    यसका साथै कोरोना भाइरसका १ हजार ७ सय नयाँ व्यक्ति संक्रमित भएको पुष्टि भएको छ ।

    नयाँ आँकडा सार्वजनिक भएपछि संसारभरी कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७ हजार ७ सय ११ पुगिसकेको छ भने संदिग्धको संख्या १२ हजार १ सय ६७ बताइएको छ ।

    डाक्टरका अनुसार संक्रमित व्यक्तिमधये हरेक पाँचमध्ये एक व्यक्तिमा गम्भीर निमोनियाका लक्षण देखिएको छ ।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहेनोमले भनेका छन्, ‘कोरोना भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्ने या नगर्ने बारे निर्णय हुनेछ ।’

    उनले यो समस्या अन्तर्राष्ट्रिय स्तरमा फैलने आशंका भएको र संसारभरीका देश यससँग लड्नका लागि तयार हुनुपर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij