आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बुर्किनामा भएको नरसंहारमा ३९ जना मारिए : पुरुषलाई छोपीछोपी हत्या, महिलालाई गाउँ छाड्न आदेश

  • प्रकाशित मिति : बिहिबार, माघ १६, २०७६



  • एजेन्सी । बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् । जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    घटनास्थलबाट अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको छ । सरकारका प्रवक्ताले सरकारी सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा कारवाही अभियान चलाएको बताएका छन् ।

    विद्रोहीले अत्यन्त दर्दनाक आक्रमण गरेको सरकारका प्रवक्ता रेमिस फुल्गान्सले जारी वक्तव्यमा उल्लेख गरिएको छ । देशको उत्तरी सौम प्रान्तमा घटना भएको बताइएको छ ।

    घटनास्थल छिमेकीमुलुक मालीसँगको सीमा क्षेत्रमा पर्दछ । आक्रमणकारीहरुले गाउँका पुरुषहरुलाई छोपीछोपी हत्या गरेको र महिलाहरुलाई गाउँ छाड्न आदेश दिएको स्थानीयवासीले बताएका छन् ।

    उनीहरुले ५० भन्दा बढी मारिएको बताएका छन् । घटना हुने वित्तिकै सुरक्षाकर्मीहरु गाउँमा पस्न पनि सकेका थिएनन् । आक्रमणकारीहरुको अवरोधका कारण उनीहरु पुग्न नसकेको बताइएको छ ।

    जिहादीहरुका कारण बुर्किन फासोमा अहिलेसम्म ८०० भन्दा बढी नागरिकको हत्या भएको छ भने ६ लाख भन्दा बढी विस्थापित भएका छन् । फुर्किन फासोमा सन् २०१५ देखि जिहादीहरुले हिंसा शुरु गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij