आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जहाँ मन्त्रीले रक्सी पिएर बजेट भाषण गर्न पाउँछन् !

  • प्रकाशित मिति : आइतवार, माघ १९, २०७६



  • 533957701

    हामीकहाँ चाहे मन्त्री हुन् वा कर्मचारी कार्यालयमा मदिरा सेवन बर्जित छ । अझ संसदमा मुलुकको बजेट पेश गर्दा अर्थमन्त्रीले रक्सी पिउने भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन ।

    तर दुनियामा एउटा यस्तो देश छ, जहाँका मन्त्रीले बजेट पेश गर्नुअघि आफुलाई मन लाग्यो भने रक्सी पिउन पाउँदछन् ।

    यस्तो अनौठो नियम भएको देश अरु कुनै होइन, प्रजातन्त्रको जननी मानिने बेलायत नै हो । बेलायत नै त्यो देश हो जसले विश्वमा बजेटको सुरुवात गरेको थियो ।

    बेलायतमा एउटा यस्तो कानून छ जस अनुसार बजेट पेश गर्ने दिन त्यहाँका चान्सलरले चाहे भने रक्सी पिएर पनि बजेट पेश गर्न सक्दछन् । स्मरण रहोस् बेलायतमा संसदमा बजेट पेश गर्ने मन्त्रीलाई चान्सलर भनिन्छ ।

    बेलायतको तल्लो सदन हाउस अफ कमन्सको नियम पुस्तिकामा मदिरापानका विषयमा गज्जबको नियम छ । जस अनुसार रक्सी पिएर बजेट पेश गर्ने अनुमति केवल चान्सलरलाई मात्र हुनेछ, त्यो पनि केवल एक दिनका लागि मात्रै । तर अरु कुनैप्नि सांसदलाई रक्सी पिएर संसदमा आउने छुट हुँदैन । बजेट पेश गर्ने दिन बाहेक अरु दिन चाहीँ चान्सलरले पनि रक्सी पिएर संसदमा आउन पाउँदैन ।

    बेलायतमा यो नियम दशकौँ देखि प्रचलनमा छ । तथापि मानिसहरु यसलाई अहिले बेतुकको ठान्दछन् ।

    बेलायतमा बजेटसँग सम्बन्धित एक अर्को पनि रोचक कुरा छ । त्यहाँ बजेट पेश गर्नका लागि १ सय ५ वर्षसम्म एउटै बि्रफकेसको प्रयोग गरिएको थियो । उक्त बि्रफकेसलाई सन् १८६० मा चान्सलर विलियम ग्लाडस्टोनले पहिलोपटक प्रयोग गरेका थिए । उक्त बि्रफकेसको नाम स्कारलेट थियो । उक्त बि्रफकेस १०५ वर्षसम्म अर्थात् १९६५ बजेट पेश गर्दा प्रयोग गरियो । सन् १९६५ मा तत्कालीन चान्सलर जेम्स क्यालेघनले नयाँ बि्रफकेस प्रयोग गरे । त्यसपछि सन् १९९७ मा आएर चान्सलर गोर्डन ब्राउनले पनि बजेट पेश गर्नका लागि नयाँ बि्रफकेस प्रयोग गरे ।

    सन् २०११ को बजेट पेश गर्दा अर्को रोचक घटना भयो । तत्कालीन चान्सलर जर्ज ओसबर्नले संसदमा बजेट पेश गर्नका लागि १ सय ५१ वर्ष पूरानो बि्रफकेस प्रयोग गरेका थिए जसलाई सन् १८६० मा विलियम ग्लाडस्टोनले प्रयोग गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij