आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२३ जना बालबालिका अपहरणः यी हुन् अपहरणकारीलाई झुक्याएर सबैको ज्यान बचाउने बालिका

  • प्रकाशित मिति : सोमवार, माघ २०, २०७६



  • काठमाडौं। कहिलेकाहीँ साना बालबालिकाले पनि सुझबुझपूर्ण तरिकाले काम गरेर धेरैको ज्यान बचाउन सक्छन् । तीन दिनअघि भारतको फर्रुखाबादमा भएको २३ बालबालिकाको अपहरणको घटनामा पनि एक बालिकाको सुझबुझले सबैको ज्यान बचाएको थियो । अञ्जली नामकी यी बालिका अँध्यारो बेसमेन्टमा अन्य बालबालिकासँगै ११ घण्टा कैदमा रहिन् । उनी अझै पनि अपहरणकारी सुवासको अनुहार सम्झिँदा डराउँछिन् ।

    उनी आफ्ना भाइबहिनीलाई बोलाउन सुवासको घर गएकी थिइन् तर सुवासले उनलाई पनि अरु बालबालिकासँगै कैद गरे । बालबालिकाहरु सबै आत्तिएका थिए तर अञ्जलीले हिम्मत हारिनन् । जब सुवास गाउँलेहरुलाई धम्क्याउन छतमा गए, उनले भित्रबाट बेसमेन्टको ढोका बन्द गरिन् । यो ढोका पुलिस आएपछि मात्र खोलिएको थियो । अञ्जलीले भारतीइ मिडिया दैनिक भास्करसँग त्यो दिनको कहानी यसरी सुनाइन् ।

    बिहान हामी सबै भाइबहिनी स्कुल गएका थियौं । करिब साढे १ बजे फर्किंदा सुवासको घरमा राखिएको स्पिकर ठूलो वरमा बजिरहेको थियो । ऊ मस्त भएर नाचिरहेको थियो । बरण्डामा चकलेन, बिस्कुटहरु राखिएका थिए जो उसले बच्चाहरुलाई बाँडिरहेको थियो । मेरा भाइबहिनी पनि त्यहाँ गए । पछिपछि म पनि पुगें । ऊ आफ्नी छोरीको जन्मदिन भन्दै सबै बच्चाहरुलाई घरमा बोलाइरहेको थियो । सुवाले सबैलाई तल बेसमेन्टमा जन्मदिन मनाउने भन्दै सबैलाई लिएर बेसमेन्टमा गयो । सबै तल गए, म माथि नै थिएँ त्यही बेला उसले घरको मुख्य ढोका बन्द गर्यो । मैले यसबारे सोध्दा उसले धम्क्याएर तल जान भन्यो । मसँगै अरु एकदुई जना माथि थिए सबै तल गए ।

    बेसमेन्टमै ट्वाइलेट बनेको थियो । उसले बन्दुक देखाउँदै सबैलाई त्यहीँ बस्न भन्यो र हल्ला गरे गोली हानिदिन्छु भन्यो । सुवास र उसकी पत्नी त्यहीँ कसिरहे । सुवाससँग एउटा राइफल र एउटा कट्टा (पेस्तोल) थियो । सबै बच्चाहरु रोइरहेका थिए । म उनीहरुलाई चुप गराउने कोसिस गरिरहेकी थिएँ तर मलाई पनि डर लागिरहेको थियो । उसले बमले घर उडाइदिन्छु भनिरहेको थियो । उसले त्यहाँ तारले केही बम पनि जोडेर राखेको थियो ।

    उसले बेसमेन्टको ढोका बाहिरबाट बन्द गरेको थियो । हरेक १५–२० मिनेटमा ऊ ढोका खोलेर आउँथ्यो र हामीलाई धम्क्याउँथ्यो । यही बीचमा गोली चल्यो । त्यसपछि गाउँलेको हल्ला सुतेर हामी डरायौं । बच्चाहरु रुन थाले । हामीले सुवासकी पत्नी रुबीसँग बचाउन भन्यौं तर उनले पनि हामी सबैलाई चुपचाप बस्न भनिन् ।

    बेसमेन्टमा कैद भएको ४–५ घण्टा भइसकेको थियो । शायद शाझ परिसकेको थियो । पुलिसले शायद लाइन काटिदिएको थियो त्यसैले बेसमेन्टमा भएको बल्ब पनि निभ्यो । कोठामा निकै अँध्यारो भए । हामीले केही बुझ्न सकिरहेका थिएनौं । अँध्यारोले हामीलाई डर पनि लागिरहेको थियो । साना बच्चा धेरै डराएका थिए । कोठा बन्द भएका कारण सास फेर्न पनि समस्या भइरहेको थियो । त्यहाँ केही खेलौना थिए जसमा सानो लाइट थियो । हामीले त्यही बालेर उज्यालो बनायौं । हामीलाई समय पनि थाहा थिएन, बाहिर के भइरहेको छ भन्ने पनि थाहा थिएन ।
    सुवासको छिमेकमा बस्ने १ वर्षकी शबनम पनि हामीँग कैद थिइन् । उनी निकै रोइरहेकी थिइन् । उनलाई धेरै भोक लागेको थियो । बाहिरबाट सुवास र उनकी पत्नीलाई शायद उनलाई बाहिर दिन भनियो होला । हामीले पनि उनलाई बाहिर पठाउनन आग्रह गर्यौं । त्यसपछि रुबी तल आइन् र बच्चीलाई लिएर गइन् । तर, हडबडीमा ढोका बन्द गर्न बिर्सिन् । मैले तत्कालै ढोका भित्रबाट बन्द गरेर चुकुल लगाएँ ।

    बच्चीलाई बाहिर दिएर उनीहरु फर्किंदा ढोका भित्रबाट बन्द थियो । उनीहरुले हामीलाई ढोका खोल्न भन्दै नखोले बमले उडाइदिने धम्की दिए । तर, मैले ढोका खोल्न मान्दै मानिन । केही बच्चाहरु रुन थाले र मलाई ढोका खोल्न भन्न थाले । मैले उनीहरुलाई चुप रहन सम्झाउँदै पुलिसले हामीलाई बचाउने बताएँ । मेरो दिमागमा यही चलिरहेको थियो कि ढोका खोलेमा सुवासले हामीलाई मारिदिनेछ । हामी यति डराएका थियौं कि पुलिस आएपछि पनि हामीले ढोका खोलेका थिएनौं । हल्लामा उनीहरुको आवाज पनि सुनिएको थिएन । पुलिसले ढोका फोडेर हामीलाई बाहिर निकाले ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij