आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुःखमा परेको चीनलाई किम जोङ उनले लेखे पत्र

  • प्रकाशित मिति : मङ्लबार, माघ २१, २०७६



  • काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई एक पत्र लेखेका छन् ।

    चीनमा नोबेल कोरोना भाइरसको प्रकोप भयाभह बनिरहेको बेला यस रोगविरुद्ध लड्न आवश्यक सहयोग गर्ने प्रतिवद्धतासहित किमले राष्ट्रपति सीलाई पत्र लेखेको कोरियन सरकारी न्यूज एजेन्सीले जानकारी दिएको छ ।

    किमले आफ्नो तर्फबाट प्रकोप नियन्त्रणमा सक्दो सहयोग गर्ने बताउँदै चिनियाँ कम्युनिस्ट पार्टी र मेडिकल टीमलाई पनि प्रकोप नियन्त्रणमा सफलता मिलोस् भन्ने शुभकामना दिएका छन् । यस्तै सीमा क्षेत्रमा प्रकोप नियन्त्रणमा पनि कडा कदम चालिएको उत्तर कोरियाले जनाएको छ ।

    किमले कोरोना भइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिक प्रति समवेदनमा प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

    किमले चिनियाँ जनताको दुःखमा उत्तर कोरियाले सक्दो सहयोग गर्न तयार रहेको पनि बताएका छन् । चिनियाँ राष्ट्रपति सीको बुद्धिमत्तापूर्ण मार्गदर्शनले चीन यो महामारीको सामना गर्नेअभियानमा विजयी हुने विश्वास पनि उत्तर कोरियाले गरेको छ ।

    समाचारअनुसार सत्तारुढ वर्कस पार्टी अफ कोरियाको केन्द्रीय कमिटीले समेत चिनियाँ कम्युनिस्ट पार्टीलाई एक ‘आपतकालीन फण्ड’ पठाएको छ ।

    यसैबीच उत्तर कोरियाले प्रकोप नियन्त्रण र सम्भावित संक्रमणबाट बच्नका लागि चीनसँगको सीमानाका बन्द गरेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij