आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जन्मेको ३० घण्टामै कोरोनाभाइरस सङ्क्रमण

  • प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६



  • चीनको वुहानमा एक नवजात शिशुमा ३० घण्टाभित्रै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चीनमा फैलिएको सङ्क्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरका व्यक्ति भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिने हुबे प्रान्तको वुहानमा ती शिशुको गत मङ्गलवार जन्म भएको थियो। सुत्केरी हुनुअघि नै उनकी आमालाई सङ्क्रमण भएको पत्ता लागेको थियो। तर ती शिशुमा गर्भावस्थामै भाइरस सरेको हो वा जन्मपछि सरेको यो त्यो स्पष्ट भइसकेको छैन।

    अहिलेसम्म चीनमा ५६३ जनाको मृत्यु भएको र २८,००० भन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भइसकेको छ। तर थौरै सङ्ख्यामा मात्र बालबालिका पीडित भएको बताइन्छ।

    चिनियाँ समाचारसंस्था सिन्ह्वाले ती शिशुलाई सङ्क्रमण भएको समाचार बुधवार प्रकाशित गरेको हो। उसका अनुसार ३।३५ किलो तौल भएका ती शिशुको अवस्था अहिले स्थिर छ र तउनलाई निगरानीमा राखिएको छ।

    विज्ञहरूका अनुसार गर्भमै उनलाई सङ्क्रमण भएको हुन सक्छ। वुहानस्थित बाल अस्पतालका चिकित्सक जेङ लिङ्कले समाचारसंस्था रोएटर्सलाई भने, ‘यसबाट आमाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्ने सम्भावित मार्गबारे हामीले ध्यान पुर्‍याउनुपर्ने देखाउँछ।’

    तर जन्मपछि आमाबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ। कोलम्बिया यूनिभर्सिटीमा कार्यरत सरुवा रोगका विशेषज्ञले बिज्नस इन्साइडरलाई बताएअनुसार आमाले खोक्दा उत्सर्जित बिन्दुबाट सास फेर्दा शिशुमा पनि भाइरस सरेको हुन सक्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij