आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीनका सार्वजनिक उडान जारी रहने

  • प्रकाशित मिति : शुक्रबार, माघ २४, २०७६



  • बेइजिङ । चीनको सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकहरूलाई उनीहरू जहाँ भए पनि घर फर्कन चाहेको समय सहज व्यवस्था उपलब्ध गराउने विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

    बिहीबार पत्रकार सम्मेलनमा प्रवक्ता हुआ चुन्निङले केही विदेशी अधिकारीले आगामी दिनमा चीनले आगामी हप्ताहरूमा अझ बढी प्रतिबन्ध लगाउने र व्यवसायिक उडानमा चीन छोड्न गाह्रो हुने डरले छिट्टै चीन छोड्नुपर्ने कुरा बताउँदा उक्त टिप्पणी गरेका हुन् । “त्यो केवल अफवाह मात्र हो,” हुआले भने ।

    चिनियाँ सरकारले स्वदेशी तथा विदेशी नागरिकहरू सबैको जीवन र स्वास्थ्यलाई उच्च महत्व दिएको उनले बताए ।

    “चीनले जटिल कोरोना भाइरसविरूद्ध सबभन्दा व्यापक तथा कडाईका साथ निवारण र नियन्त्रणका उपायहरू अपनाएको छ । चीनले चालेका कदम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्तराष्ट्रिय स्वास्थ्य नियमहरूको मापदण्डभन्दा स्तरीय रहेको छ।”

    “अहिले चीनमा विदेशी नागरिकहरूको सुरक्षा, स्वास्थ्य र जीवनस्तरको ग्यारेन्टी छ । चीनको नागरिक उड्डयन प्रशासनले हवाईजहाजमा फैलाउने भाइरसको सम्भावना कम गर्न र अन्तराष्ट्रिय उडानमा यात्रुहरूको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्न प्रभावकारी कदम चालेको छ,” प्रवक्ताले भने ।

    हामी आशावादी छौँ सबै देशहरूले महामारीको स्थिति र चीनको प्रयासलाई बढी शङ्का गरेर होइन शान्त, वस्तुनिष्ठ र तर्कसङ्गतरूपमा मूल्याङ्कन गर्न जरूरी भएको हुआले बताए ।

    उनले भने, “केही देशले डब्ल्यूएचओको सिफारिश र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन बुलेटिनहरूको बावजुद उडान स्थगित गर्ने जस्ता चरम प्रतिबन्धहरूको अनुशरण गरेपछि केही चिनियाँ नागरिकहरू विदेशमा फसेका छन्।”

    चिनियाँ सरकारले यस अवस्थालाई सम्बोधन गर्न ठूलो महत्व राख्छ ।

    विदेश मन्त्रालय र चिनियाँ कूटनीतिक नियोगहरू विदेशमा उडानहरू परिवर्तन गरेर वा अन्य देशहरूको माध्यमबाट ट्रान्जिट गरेर उनीहरूलाई घर फर्कन सहयोग गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij