आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी दूतावासमा पाँच वर्षीया बालिका बलात्कृत

  • प्रकाशित मिति : शनिबार, माघ २५, २०७६



  • बीबीसी । भारतको राजधानी दिल्लीस्थित अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्।

    बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई आइतवार पक्राउ गरिएको प्रहरीले समाचारसंस्था पीटीआईलाई बताएको छ। घटना शनिवार बिहान भएको बताइएको छ। परीक्षणमा ती बालिका बलात्कृत भएको पुष्टि भएको चिकित्सकहरूले बताएका छन्।

    पीडित बालिकाको स्वास्थ्य अवस्था स्थिर छ। उनका बुवा दूतावासमा काम गर्थे र परिवार दूतावास हाताभित्रै बस्थ्यो। बलात्कारको आरोप लागेका व्यक्तिका बुवा पनि दूतावासका कर्मचारी भएको बताइएको छ।

    आरोपित युवक चालक भएको तर दूतावासको कर्मचारी नभए पनि बुवासँगै दूतावास हातास्थित कर्मचारी आवासमा बस्ने गरेको प्रहरीले जनाएको छ।

    दिल्लीको केन्द्रमा रहेको चाणक्यपुरीस्थित कूटनीतिक क्षेत्रमा अमेरिकी दूतावास छ। कडा सुरक्षा रहेको दूतावास २८ एकडमा फैलिएको छ। त्यहाँ स्थानीय कर्मचारीहरू पनि काम गर्छन्।

    हिन्दुस्तान टाइम्स समाचारपत्रलाई अनुसन्धानकर्ताहरूले बताएअनुसार आरोपित र पीडितका परिवारको राम्रो चिनजान थियो। बालिकालाई बाहिर खेलिरहेको देखेपछि ती युवकले लोभ्याएर आफ्नो घरमा लगेका थिए। त्यति बेला आरोपितका अभिभावकहरू बाहिर थिए।

    बालिकाले घर फर्किएपछि उक्त घटनाबारे आफ्नी आमालाई बताएकी थिइन्। त्यसलगत्तै उनलाई अस्पताल लगियो। परीक्षण गर्दा उनी बलात्कृत भएको पुष्टि चिकित्सकहरूले गरेको प्रहरीले बताएको छ। प्रहरीले ती व्यक्तिविरुद्ध भारतको बालिका सुरक्षासम्बन्धी कडा कानुनअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ।

    एक आठ वर्षीया बालिकाको बलात्कारपछि हत्या र १६ वर्षीया किशोरीको बलात्कार भएको घटनाले चर्को विरोध निम्त्याएपछि सरकारले सन् २०१८ मा बालिका बलात्कार गर्नेविरुद्ध मृत्युदण्ड लागु गरेको थियो।

    भारतको पछिल्लो अपराध तथ्याङ्कअनुसार प्रत्येक चौथो बलात्कारका पीडित बालिका हुन्छन्। बलात्कारका घटनामा ९४ प्रतिशत पीडितले अपराधीलाई चिनेका हुन्छन्।

    दिल्लीमा सन् २०१२ मा यात्रुवाहक बसभित्र एक विद्यार्थीको सामूहिक बलात्कार र हत्यापछि यौन हिंसालाई सम्बोधन गर्ने भारतको निकै दयनीय प्रणाली उजागर गरिदिएको थियो।

    त्यस घटनाले ठूलो विरोध निम्त्याउनुका साथै बलात्कारसम्बन्धी देशको कानुन परिवर्तन गरिदिएको थियो। गत नोभेम्बर महिनामा दक्षिणी सहर हैदराबादमा एक २७ वर्षीया पशुचिकित्सकको बलात्कार र हत्याले पनि विश्वव्यापी चर्चामा आएको थियो भने त्यसलाई लिएर ठूला प्रदर्शनहरू भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij