आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आम आदमी दंग, कांग्रेस भरंग,भाजपाको सिट बढ्ला ?

  • प्रकाशित मिति : आइतवार, माघ २६, २०७६



  • ७० सदस्यीय दिल्ली विधानसभा चुनावमा ६७२ उम्मेदवारले भाग लिएका छन् । शनिबार भएको मतदानमा ५९ प्रतिशतले मताधिकार प्रयोग गरे । एक करोड ४८ लाख मतदाताका लागि १३ हजार ७५० मतदान केन्द्र तोकिएको थियो ।

    दिल्लीमा यसपटक कसले बाजी मार्ला त ? सही जवाफ थाहा पाउन मंगलबार हुने मतगणनाको परिणाम कुर्नुको विकल्प छैन ।

    तर निर्वाचनपछि गरिएका विभिन्न मत सर्वेक्षण (एक्जिट पोल) हरूले भने सत्तारुढ आम आद्मी पार्टी (आप) कै पल्ला भारी हुने देखाएका छन् ।

    इन्डिया टुडे–एक्सिस, इन्डिया टिभी, एबीपी, टिभी–९, न्युज–२४, टाइम्स नाउ, न्युज–एक्स, रिपब्लिक र न्युज–एक्स–नेता औसत परिणामले अरविन्द केजरीवालको आपले ५५ स्थानमा विजय हासिल गर्ने देखाएको छ ।

    नौ सर्वेक्षणमध्ये इन्डिया टिभीले ४४ र इन्डिया टुडे–एक्सिसले ६८ सिटसम्म आपले जित्न सक्ने सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ ।

    सबै सर्वेक्षण हेर्दा आपले फेरि पनि सरकार बनाउन आवश्यक बहुमत पु¥याउने देखाएको छ । दिल्लीमा सरकार बनाउन ३६ सिट आवश्यक पर्दछ ।

    २०१५ को निर्वाचनमा ६७ स्थान जितेर आपले अरविन्द केजरीवालको नेतृत्वमा सरकार बनायो । यो सरकारको कार्यकाल २२ फेब्रुअरीमा सकिदैछ ।

    २०१३ को निर्वाचनपछि करिब दुई महिनाका लागि मुख्यमन्त्री बनेका केजरीवालको दोस्रो कार्यकाल सफल रहेको आपको दाबी छ ।

    बिजुली, पानी, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा गरेको सुधार हेरेर जनताले आफ्नो पार्टीलाई यसपटक पनि मतदाताले जिताउन लागेको केजरीवालको भनाइ छ ।

    भाजपाको सिट बढ्ला ?

    गत वर्ष सम्पन्न लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले दिल्लीको सात वटै क्षेत्रमा जितेको थियो । विधानसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पनि उसले भरमग्दुर प्रयत्न नगरेको पनि होइन ।

    तर मत सर्वेक्षणले भने यसपटक पनि दिल्ली विधानसभामा भाजपाको दाल गल्ने देखाएको छैन । आपले जित्ने नतिजा निकालेको नौ वटा सर्वेक्षणले यसपटक भाजपाले १४ स्थानमा जित्ने देखाएको छ ।

    इन्डिया टिभीको सर्वेक्षण अनुसार २६ र इन्डिया टुडे–एक्सिस अनुसार २ देखि ११ स्थानमा भाजपाले जित्ने देखिन्छ ।

    २०१३ मा ३१ सिट जितेको भाजपा २०१५ मा जम्मा तीन स्थान खुम्चिएको थियो ।

    कांग्रेस बौरिने सम्भावना कम

    सामाजिक अभियन्ता अन्ना हजारेले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानलाई टेकेर २०१२ मा स्थापना भएको आपले २०१५ मा दिल्लीमा भारी बहुमत सहितको सरकार बनायो । आपको उदयअघि दिल्लीमा भारतीय नेसनल काँग्रेसले लगातार १५ वर्ष एक छत्र शासन गरेको थियो ।

    २००८ मा ४३ सिट जितेको काँग्रेस २०१३ मा ८ र २०१५ मा शून्य सिटमा झ¥यो । यसपटकको नौ वटा सर्वेक्षणको औसत नतिजाले काँग्रेसले एक स्थानमा जित्ने देखाएको छ ।

    इन्डिया टुडे–एक्सिस, इन्डिया टिभी, न्युज–एक्स, टाइम्स नाउ र न्युज–२४ को सर्वेक्षणले भने काँग्रेसले यसपटक पनि खाता खोल्न नसक्ने देखाएको छ । यद्यपि चार सिटसम्म काँग्रेसले जित्नसक्ने एबीपीको सर्वेक्षण छ ।

    एक्जिट पोलको नतिजा मिल्छ नै भन्ने चाहिँ होइन । २०१५ मा दिल्ली विधानसभामा डाटामेनेरियाले आपले ३१ र भाजपाले ३५ सिट जित्ने सर्वेक्षण सार्वजनिक भएको थियो । त्यतिबेला आपले ६७ सिट जित्दा भाजपाको भागमा जम्मा ३ सिट पर्‍यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij