आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमा ५०० मिटरको पर्खाल बनाइँदै

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २, २०७६



  • नयाँ दिल्ली (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले भारतको भ्रमण गर्दैछन् । उनीहरुको स्वागतको तयारी भारतमा धुमाधाम भइरहेको छ । ट्रम्प यही फेब्रुअरी २४ देखि २५ सम्म भारतमा हुनेछन् । यस दुईदिवसीय भ्रमणका क्रममा ट्रम्प भारतको अहमदावाद पनि जानेछन् ।

    जसरी अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत भएको थियो, त्यसरी नै ट्रम्पको स्वागत भारतमा गर्ने तयारी भइरहेको छ । यसैका लागि ह्युस्टनमा ‘हाउडी मोदी’ जस्तै ‘केम छो ट्रम्प’ कार्यक्रमको आयोजना गरिने छ । गुजराती भाषाको ‘केम छो ट्रम्प’ नेपाली अर्थ ‘तपाई कस्तो हुनुहुन्छ ट्रम्प?’ भन्ने हुन्छ । यसै कार्यक्रमबाट ट्रम्पले भारतीय जनतालाई सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी पनि साथमै रहने जनाइएको छ । तर, अहमदाबादमा राष्ट्रपति ट्रम्पको सवारी साधनको लावालस्कर जाने सडकमा पर्ने एक झोपड वस्तीलाई लुकाउन पर्खाल बनाउन लागिएपछि यसको विरोध भइरहेको छ । यो झोपड वस्ती विमानस्थलबाट साबरमती आश्रमको सडकमा पर्छ । स्थानीयहरु सरकारको यो पर्खाल बनाउने निर्णयसँग असन्तुष्ट छन् । र विरोध गरिरहेका छन् ।

    स्थानीय पत्रिकामा यो समाचार प्रकाशित भएपछि त्यहाँ विरोध भइरहेको छ । मुख्य सडकको छेउमै रहेको झोपड वस्तीलाई लुकाउन ६ देखि ७ फिट अगलो पर्खाल बनाउन लागिएको छ । र यो पर्खाल करिब ५०० मीटरको हुने जनाइएको छ । बीबीसीका संवाददाता तेजस वैद्यले अहमदाबादको इन्दिरा ब्रिजसँगै रहेको सरणियावास क्षेत्रबाट अमेरिकी राष्ट्रपति ट्रम्पको लावालस्कर जाने छ बताए । यसै वस्तीमा करिब २ हजार ५ सय मानिसहरु बस्छन् । स्थानीयहरुले सरकारले गरिबी लुकाउन खोजेको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले यो वस्तीले सरकारलाई समस्या भए पक्का घर बनाइदिनुपर्ने बताउँछन् । सो वस्तीमा बस्ने कमलाबेन भन्छिन्, ‘दुईतीन दिनबाट काम भइरहेको छ । यो पर्खाल बनेपछि हाम्रो वस्ती घेरिनेछ । हावा पानी बन्द हुनेछ । यहाँ न ढल छ, बिजुली न पानी छ । अँध्यारोमा बस्न बाध्य छौं । सानो बाटो यस्तो छ की मानिसहरु लड्दै हिँड्नुपर्छ । घुँडासम्म पानी भरिन्छ ।’

    एक अन्य स्थानीय महिलाले यो पर्खाल नबनाए अमेरिकी राष्ट्रपतिले आफूहरुको समस्या देख्न सक्ने बताइन् । तर, सरकारले वास्ताविकता लुकाउन खोजेको उनले बताइन् । यो क्षेत्र विमानस्थल नजिकै छ । प्रायः महत्वपूर्ण व्यक्तिहरुको आगमनमा कपडाले यो क्षेत्रलाई ढाकिन्थ्यो । तर, यो पटक सरकारले पर्खाल बनाएर यो क्षेत्रलाई पूर्णरुपमा लुकाउने काम शुरु गरेको छ । एक महिलालले भनिन्, ‘यो पर्खाल बन्नु हुँदैन । यदि प्रधानमन्त्री मोदीलाई यो झोपड वस्ती मन पर्दैन, हाम्रो गरिबी देखिन्छ भने पक्का घर बनाएर दिउन् ।’ स्थानीयहरुले सरकारले यहाँ पर्खाल बनाएर बाटोसमेत बन्द गरिदिएको बताएका छन् । चुनावको समयमा नेताहरु आउँछन् तर, जितेपछि भने फर्किँदैनन् । यो वस्तीमा शौचालय, बिद्युत, र पानीको सुविधान पनि छैन । यहाँका केही गल्लीहरु त हिँड्न लायक पनि छैनन् ।

    गएको सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्र डोनल्ड ट्रम्पले ह्युस्टनम करिब ५० हजार भारतीय मुलका र अमेरिकी नागरिकलाई सम्बोधन गरेका थिए । अहमदाबादमा पनि यस्तै प्रकारको कार्यक्रम गर्न लागिएको छ । समाचार अनुसार मोदी र ट्रम्पले हालै मोटेरा क्षेत्रमा बनेको सरदार वल्लभ भाई क्रिकेट स्टेडियमको उद्घाटन पनि गर्नेछन् । एक अनुमानअनुसार यो क्रममा त्यहाँ करिब एक लाख मानिसहरु उपस्थित रहने छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij