आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हावाले विमान हल्लाएको भिडियो भाइरल बन्दै (भिडियो)

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ३, २०७६



  • युरोपभरि फैलिएको सियारा नामक आँधीबेहरीका कारण यातायात अवरुद्ध भएको छ । साताको सुरुवातमा सयौं विमान र ट्रेनहरु अवरुद्ध भएका छन् । तुफान प्रभावित क्षेत्रमा मुसलधारे पानी परेको छ भने तीव्र गतिमा हावा चलिरहेको छ । भारी वर्षाका कारण सयौं घरहरु डुबानमा परेका छन् । सियारा तुफानलाई ‘स्ट्रोम अफ सेन्चुरी’ नाम दिइएको छ ।

    गत आइतबार भयानक तुफानका बीच स्टोबार्ट एयर फ्लाइटका पाइलटले ब्रिटेनमा बर्मिघम एयरपोर्टमा विमान अवतरण गर्ने प्रयास गरे । उक्त समयमा विमानलाई हावाले यति धेरै दबाब दियो कि विमान नै हलचल भयो । उक्त एयरपोर्टमा राखिएको सीसीटीभि क्यामेरामा कैद भएको भिडियो भाइरल भएको हो ।

    उक्त फुटेजमा सियरा तुफानले विमानलाई धक्का दिएको स्पस्ट देखिएको छ । प्लेनले रनवेमा छुनुअघि दायाँ र बायाँ हल्लिरहेको देखिन्छ । डेली मेलका अनुसार स्टोबार्ट एयरको फ्लाइट बेलफास्टबाट भएको थियो ।

    भिडियो :

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij