आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमिनेमको ‘-याप गड’लाई युट्युबमा एक अर्ब पटक हेरियो(video)

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ६, २०७६



  • हिपहप स्टार एमिनेमको अर्को भिडियोलाई युट्युबमा एक अर्ब पटक हेरिएको छ । ४७ वर्षीय गायकको ‘-याप गड’ ले सन् २०१३ मा रिलिज भएको ६ वर्षपछि एक अर्ब भ्यूजको कोशेढुङ्गा पार गरेको हो ।

    शुक्रबार एमिनेमले आफ्नो इन्सटाग्राम र ट्वीटरमा ‘-याप गड’लाई एक अर्ब भ्युको कोशेढुङ्गा पार गर्न सहयोग गर्न आग्रह गरेका थिए ।

    १ अर्ब पटक हेरिएको भिडियोको कोशेढुङ्गा पार गरेको एमिनेमको यो तेस्रो भिडियो हो । यसअघि उनको ‘नट अफ्रेड’ र ‘लभ द वे यु लाई’ लाई युट्युबमा १ अर्ब पटक भन्दा बढी हेरिसकिएको छ ।

    अहिलेसम्म लुई फोन्सी र ड्याडी याङ्कीको ‘डेस्पासिटो’ गीत युट्युबमा सर्वाधिक हेरिएको भिडियो हो । हालसम्म यो गीतलाई ६.६ अर्ब पटक हेरिएको छ ।

    सन् २०१२ मा रिलिज भएको दक्षिण कोरियाली गायक ‘साई’ को ‘गङनम स्टाइल’ गीत युट्युबमा एक अर्ब पटक हेरिने पहिलो भिडियो थियो । यसलाई अहिले ३.५ अर्बपटक भन्दा बढी हेरिसकिएको छ ।

    सन् २०१५ मा विज खालिफा र चार्ली पुथको ‘सी यू अगेन’ एक अर्ब पटक हेरिने पहिलो -याप भिडियो बनेको थियो । स्वर्गीय अभिनेता पाउल वाकरको सम्झनामा बनाइएको उक्त गीतले ६ महिनामा नै उक्त कोशेढुङ्गा पार गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij