प्रकाशित मिति : शनिबार, फाल्गुन १०, २०७६
इटालीमा पनि कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ।
इटलीमा शनिबार ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले जनाएको छ।
इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका स्कुल तथा कार्यालय बन्दको घोषणा गरिएको इटालीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म २६ देशमा १ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरमा उल्लेख छ।
चीनमा मात्रै अहिलेसम्म कोरोना भाइरसबाट २ हजार २ सय ३९ जनाको ज्यान गएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij