आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालद्वारा हिंसा नियन्त्रणमा सेना परिचालन गर्न माग

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १४, २०७६



  • नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन सेना परिचालनको माग गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नै सेना परिचालन गर्न माग गरेका हुन् ।

    उत्तरपूर्वी दिल्लीमा भइरहेको हिंसाबारे टिप्पणी गर्दै मुख्यमन्त्री केजरीवालले तत्काल सेना परिचालन गर्न माग गरेका हुन् ।

    उनले स्थिति नियन्त्रण बाहिर गएको र प्रहरीबाट शान्ति सुव्यवस्था सम्भव नभएको जनाउँदै गृह मन्त्रालयलाई सेना परिचालनका लागि आग्रह गरेका हुन् ।

    उनले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘म रातभर मानिसहरुसँग सम्पर्कमा रहेँ, स्थिति निकै चिन्ताजनक छ, प्रहरी आफ्नो प्रयासका बाबजुद स्थिति नियन्त्रणमा लिन र जनताको आत्मविश्वास बढाउन असमर्थ रहेको छ, सेनालाई तुरुन्त बोलाइयोस् र बाँकी प्रभावित क्षेत्रमा कर्फ्यु लगाइयोस् । यसका लागि म गृहमन्त्री अमित शाहलाई एउटा पत्र लेख्दैछु ।’

    नागरिकता संशोधन कानुनको समर्थन गर्ने र विरोध गर्ने समूहबीच दिल्लीमा हिंसात्मक झण्ड हुँदै आएको छ । हिंसात्मक घटनामा २० जनाको मृत्यु भइसकेको बताइएको छ ।

    उत्तरपूर्वी दिल्लीमा दुई सय ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमा ५६ जना प्रहरी रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij