प्रकाशित मिति : सोमवार, फाल्गुन १९, २०७६
कुवेत । कुवेतमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। साेमबार १० जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
कुवेतमा गएको सोमबार इरानको मशहदबाट फर्किएकाहरुको परीक्षणको क्रममा पहिलो पटक तीन जनामा संक्रमण भेटिएको थियो। सोमबार सम्म आइपुग्दा संक्रमितको संख्या बढेर ५६ पुगको हो। हालसम्म संक्रमित पुष्टि भएका सबै केसहरू इरानको यात्रासँग सम्बन्धित रहेको मन्त्रालको भनाइ छ ।
कुवेतमा करिब ७५ हजार देखि ९० हजारको हाराहारीमा नेपालीहरु रोजगारीका लागि पुगेका छन्। त्यहाँ नेपालीहरुले निर्माण, होटल, रेष्टुरेण्ट, मार्केट लगायतका क्षेत्रमा काम गर्छन्। त्यस्तै हजारौँ नेपाली महिलाहरु त्यहाँ घरेलु कामदारका रुपमा कार्यरत छन्। हालसम्म कोही पनि आप्रावासी कामदारहरुमा संक्रमण देखिएको छैन् ।
कोरोना फैलने डरमा सार्वजानिक रुपमा सभा, गोष्ठी, बैठक, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्न पूर्ण रोक लगाएको छ। पूर्र्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरिएका छन्। आगामी मार्च १२ तारिखसम्मका लागि स्कुल र कलेजसमेत पूर्ण रुपमा बन्द गरिएको छ। त्यस्तै १२ जना भन्दाबढी एकै ठाउँमा भेला हुन् समेत निषेध गरिएको छ। सरकारले दिएको निर्दैशन उल्लंघन गरेमा १ हजार कुवेती दिनार ९नेपाली करिव ३ लाख ७५ हजार ० जरिवाना र जेलसजाय समेत हुने भएको छ।
संक्रमणको दर बढ्दै गएपछि यहाँ त्रास छाएको छ। महामारी हुन सक्ने आशंकामा सरकारले बच्नका लागि भरपूर प्रत्यन्त गरिरहेको छ ।अहिले शहर तथा भिडभाड हुने व्यापारिक मलहरु सुनसान हुँदै गएका छन्। रोड पनि खाली खाली देखिन थालेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij