आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना भाइरसका कारण ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३, २०७६



  • काठमाडौं। आउँदो शुक्रबार अर्थात फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको छ।

    शुक्रबार निर्माण टिमले एक सूचना जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको जनाएको हो। कोरोना भाइरसका कारण सरकारले भीडभाडमा नजान, धेरै मानिसको भेला हुने कार्यक्रम नगर्न आग्रह गरिरहेको अवस्थामा आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ।

    सूचनामा भनिएको छ, ‘कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदा सम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गर्दछौं।’

    ‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। चलचित्रमा पूजा शर्मा र पल शाह शीर्ष भूमिकामा छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij