आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘जनता कर्फ्यू’को पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री मोदीको आह्वान

  • प्रकाशित मिति : आइतवार, चैत्र ९, २०७६



  • एजेन्सी । भारतमा जनता कर्फ्यूको पूर्वसन्ध्यामा प्रधानमन्त्री नरेन्द्र मोदीले आम जनतामा फेरि एकपटक सतर्क रहन आह्वान गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत सबै नागरिकहरुलाई आफु र आफ्नो परिवार जहाँ छ, त्यही ठाउँमा रहन आग्रह गरेका हुन् । प्रधानमन्त्री मोदीले ट्वीरमार्फत भनेका छन्, ‘मेरो सबैभन्दा ठूलो आग्रह छ, तपाईहरु जुन स्थानमा (शहर) हुनुहुन्छ, त्यही शहरमा केही दिन बसिदिनुहोला । यसबाट हामीले रोगलाई फैलिनबाट रोक्न सक्छौं । हामी रेलवे स्टेशनहरु, बस स्टेशनहरुको भीडमा पुगेर आफ्नो स्वास्थ्यसँग खेलिरहेका छौं । कृपया, आफ्नो र आफ्नो परिवारको बारेमा चिन्ता लिनुहोस्, यदि आवश्यक छैन भने आफ्नो घर नछोड्नुहोस् ।’

    त्यस्तै उनले भनेका छन्, ‘कोरोनाको डरले मेरा धेरै दाजुभाई दिदिबहिनी, जसको आफ्नो रोजीरोटीको सवाल छ, तिनीहरु शहरहरु छोडेर आफ्ना गाउँतिर फर्किरहेका छन् । भीडभाडमा यात्रा गर्दा यसको फैसिएको जोखि बढ्छ । तपाइँ जहाँ जानुहुन्छ, त्यहाँका मानिसहरु पनि खतरामा पर्न सक्छन् । तपाईको गाउँ र परिवालाई समेत कठिनाइहरु ब्ढाउनेछ ।’ प्रधानमन्त्री मोदीले केही दिनअघि आइतबारदेखि भारतमा जनता करफ्यूको घोषणा गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij