आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिवेश पोखरेलको प्रस्तुतीले जज लियोनेल रिचीका आँखा रसाए(video)

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ११, २०७६



  • काठमाडौं। विश्वकै ठूलोमध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली युवा दिवेश पोखरेल हलिउडमा दास्रो पटक गुञ्जिएका छन् । हलिउड विकको दोस्रो प्रस्तुतीमा उनले त्यही गीत गाए जुन गीत उनले अडिसनमा गाएका थिए । यद्यपि उनले यो गीतमा दोस्रो प्रस्तुतीका क्रममा केही परिमार्जन गरेका थिए ।

    उनले यो गीतको स्केल परिवर्तन गरेको बताएका थिए । स्टेज नाम ‘आर्थर गन’बाट चिनिने दिवेशको यो प्रस्तुतीले जज लियोनेल रिचीका आँखा रसाए । दिवेशको प्रस्तुती सकिएसँगै जज रिचीले आँसु पुछेको प्रस्ट देखिन्थ्यो । उनी स्वयंले पनि अन्य २ जजहरुतर्फ हेर्दै आफूले मन थाम्न नसकेको बताएका थिए ।

    दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij