आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुसमा पनि कोरोना संक्रमित बढ्दै, नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश जारी

  • प्रकाशित मिति : बिहिबार, चैत्र १३, २०७६



  • मस्को । रुसले पनि कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश जारी गरेको छ ।

    यस क्रममा मस्कोका सबै रेस्टुरेन्ट, क्याफे, बार, पसलहरु र पार्क यही मार्च २८ देखि अप्रिल ५ सम्म पूर्ण रुपमा बन्द गरिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस्तो प्रतिबन्धात्मक आदेश जारी गरेको मस्कोका मेयर बुधबार जानकारी दिएका हुन् ।

    ‘यो प्रतिबन्ध मस्कोकै इतिहासमा अभूतपूर्व हो, यसले हरेक व्यक्तिको दैनिक जीवनमा कयौँ असुविधा सिर्जना हुन्छ,’ मस्कोका मेयर सर्गेइ सोबयानिनले भने, ‘तर मेरो विश्वास गर्नुस्, कोरोनाभाइरसको प्रसारलाई रोक्नका लागि यो अति आवश्यक छ ।’

    प्रतिबन्धको अवधिमा खाद्यान्नका पसलहरु, औषधि पसल भने खुला रहने छन् । यस अतिरिक्त खाना उपलब्ध गराउने होटल पनि खुला नै रहने जनाइएको छ ।

    मस्कोबासीलाई धार्मिक स्थलमा जान, ठूलो संख्यामा भेला गर्न भने रोक लगाइएको छ ।

    रुसमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणमा निकै वृद्धि देखिएको छ । उक्त अवधिमा एक सय ८२ संक्रमणका घटना पाइएकोमा मस्कोमा मात्र एक सय ३६ संक्रमित फेला परेको जनाइएको छ ।

    रुसमा हालसम्म कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । तीमध्ये ३ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij