प्रकाशित मिति : शुक्रबार, चैत्र १४, २०७६
काठमाडौं। जर्मनले आफ्ना नागरिक लैजान कतार एयरलाइन्स पठाएको छ। अहिले विहान ल्याण्ड भएको सो एयरलाइन्समा ३२५ जना जर्मन नागरिकहरु जाँदैछन्।
नेपालमा पर्यटकका रुपमा आएका जर्मन नागरिकहर अलपत्र परेपछि उनीहरुलाई लिन जर्मन सरकारले कतार एयरलाइन्सको चार्टड विमान पठाएको हो।
नेपाल सरकारले अलपत्र परेका विदेशी नागरिकलाई विभिन्न स्थानबाट उद्धार गरेर काठमाडौं ल्याएपछि उनीहरुलाई स्वदेश फिर्ता पठाउन लागिएको हो।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई पठाउने निर्णय गरेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij