आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिङ्गापुरमा २० हजार विदेशी कामदार क्वारेन्टाइनमा

  • प्रकाशित मिति : सोमवार, चैत्र २४, २०७६



  • एजेन्सी । सिङ्गापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले क्वारेन्टाइनमा बस्न अनिवार्य गरेकाले उनीहरूलाई विद्यालय तथा क्याम्पसका क्वारेन्टाइनमै राखेको अधिकारीहरूले बताएका छन् ।

    उनीहरूले कम्तीमा १४ दिनसम्म कोठा छोड्न नपाउने र क्वारेन्टाइनमै बस्नुपर्ने सिंगापुरको स्वास्थ्य मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । क्वारेन्टाइनमा बसेका कामदारहरूलाई पारिश्रमिक भने उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

    सिङ्गापुरमा सोमबारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ३०९ पुगेको छ भने छ जनाको मृत्यु भएको छ । कूल ४० हजारको परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये ३२० जना सन्चो भएर घर फर्किएका छन् भने अरु ९८३ जना अझै पनि विरामी अवस्था मै रहेका छन् । ती मध्ये २५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।

    सङ्क्रमण फैलिने क्रम चलिरहेकाले सरकारले मङ्गलबारदेखि लकडाउनको समेत घोषणा गरेको छ । लकडाउन लागु गरिने भएकाले एक महिनाका लागि शैक्षिक संस्था तथा अत्यधिक मानिसहरूको ओहोरदोहोर हुने अन्य कार्यस्थललगायतका क्षेत्र बन्द गर्न लगाइएको छ ।Photo: AFP

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij