आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोनाभाइरसले मौसमी रुप लिएर फेरि विनाश मच्चाउने चेतावनी दिने डा. एन्थोनी को हुन् ?

  • प्रकाशित मिति : बिहिबार, चैत्र २७, २०७६



  • काडमाठौं। सोमबार एक अमेरिकी वैज्ञानिकले कोरोनाभाइरले मौसमी भाइरसको रुप लिएर फेरि अर्को फ्लुको सिजनमा विनाश मच्चाउन सक्ने चेतावनी दिएपछि यसले पूरै विश्वको ध्यान तान्यो । यो चेतावनी दिने वैज्ञानिक थिए डा. एन्थोनी फाउसी । ५० वर्षभन्दा धेरै समय स्वास्थ्य सेवा र अनुसन्धानमा बिताएका यी बरिष्ठ वैज्ञानिकले यस्तो चेतावनी दिएपछि उनी को हुन् भन्ने विषयमा पनि चासो बढेको छ । डा. एन्थोनी स्टिफन फाउसी अमेरिकी फिजिशियन र इम्युनोलोजिस्ट अर्थात प्रतिरक्षा विज्ञानी हुन् । उनको जन्म २४ डिसेम्बर १९४० मा अमेरिकाको न्यूयोर्क शहरको ब्रुकलिनमा भएको थियो ।

    डा. एन्थोनीले १९६६ मा डाक्टर अफ मेडिसिन डिग्री हासिल गरेपछि आफ्नो इन्टर्नशिप र रेसिडेन्सी न्यूयोर्क हस्पिटलको कोरनेल मेडिकल सेन्टरमा पूरा गरेका थिए । डा. फाउसीले नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड एन्फेक्सियस डिजिजेज अन्तर्गत ल्याबोरेटरी अफ क्लिनिकल इन्भेष्टिगेशन (एलसीआइ) मा क्लिनिकल असिस्टेन्टको रुपमा १९६८ मा अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच) प्रवेश गरेका थिए ।

    १९७४ मा उनी एलसीआइको क्लिनिकल फिजियोलोजी सेक्सनका प्रमुख भए । १८८० मा उनी ल्याबोरेटरी अफ इम्युनोरेगुलेसनका प्रमुख नियुक्त भए । १९८४ मा उनलाई नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेज (एनआइएआइडी)का निर्देशक नियुक्त भएका थिए । उनी अहिलेसम्म पनि यही जिम्मेवारीमा छन् । यो जिम्मेवारीमा रहेर उनले एचआइभी, सार्स, २००९ स्वाइन फ्लु महामारी, मर्स, इबोला र अहिले कोभिड १९ नियन्त्रण गर्ने अमेरिकी टिमको नेतृत्व तहमा रहेर काम गरेका छन् । उनी अहिले ह्वाइट हाउसको कोरोनाभाइरस टास्क फोर्सका पनि प्रमुख सदस्य हुन् ।

    सोमबार एक पत्रकार सम्मेलनमा डा. फाउसीले यदि यो महामारीको कुनै प्रभावकारी उपचार वा भ्याक्सिनको खोजी चाँडै भएन भने महामारीअघि अमेरिका जुन स्थितिमा थियो त्यो स्थितिमा सम्भवतः कहिल्यै पुग्न नसक्ने चेतावनी दिएका थिए । उनीसँग बिना कुनै निश्चित उपचार वा भ्याक्स्नि देशको स्थिति सामान्य हुन सक्छ ? भनेर सोधिएको थियो । जवाफमा उनले भनेका थिए ‘यदि सबथोक सामान्य हुनुको अर्थ कहिल्यै कोरोनाभाइरसजस्तो महामारी नआओस भन्ने हो भने यस्तो तबसम्म सम्भव हुन सक्ने छैन जबसम्म हामी पूरै मानवजातिलाई यसबाट पूर्ण रुपमा बचाउन समर्थ हुँदैनौं ।’

    अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थान (एनआइएच)मा एक चिकित्सकको रुपमा उनले ५० वर्षभन्दा धेरै समयदेखि विभिन्न जिम्मेवारीमा रहेर स्वास्थ्य सेवा गरेका छन् । उनले एनआइएआइडीको प्रमुख र एक वैज्ञानिकको रुपमा एचआइपी एड्स अनुसन्धान र अन्य इम्युनोडिफिसेन्सीमा योगदान दिएका छन् । न्यूयोर्क टाइम्सले डा. एन्थोनीलाई ‘संक्रामक रोगमा देशका प्रमुख विशेषज्ञ’ भनेको छ ।

    सोमबार पत्रकार सम्मेलनमा डा. एन्थोनीले भनेका थिए ‘हामी चीजहरु सामान्य हुने कुरा गर्छौं । त्यो भनेको अहिलेको स्थितिभन्दा पूरै फरक स्थिति हो । हामी अहिले निकै खराब स्थितिबाट गुज्रिरहेका छौं । कोरोनाभाइरसलाई बिना कुनै भ्याक्सिन वा प्रभावकारी उपचार बिना पूर्ण रुपमा समाप्त पार्न सकिँदैन ।’

    डा. एन्थोनीका पिता एक फार्मासिस्ट थिए । पिताबाटै डा. एन्थोनीलाई औषधीप्रति रुची जागेको थियो । डा. फाउसीले अहिलेसम्म पोलिअर्थराइटिस नोडोसा, पोलिओन्जाइटिस, ग्रयानुलोमेटोसिस र लिम्फोमाटोइड ग्रयानुलोमेटोसिसको लागि चिकित्सा विकसित गरिसकेका छन् । सन् १९८५ मा स्टेनफोर्ड युनिभर्सिटी आर्थराइटिस सेन्टर अफ द अमेरिकन र्युमेटिज्म एसोसिएसनको सर्वेक्षणमा डा. फाउसीको कामले पहिचान र बरियता पाएको थियो ।

    डा. फाउसीले एचआइभी भाइरसले कसरी शरीरको रोग प्रतिरोधी क्षमता नष्ट गर्छ र एड्सको प्रगतिको लागि अनुकूल वातावरण बनाउँछ भन्ने बुझ्नमा ठूलो योगदान गरेका छन् । डा. फाउसीले रोगीको प्रतिरक्षा पुनर्गठनको लागि रणनीति विकसित गर्ने काम गरेका छन् । उनले एचआइभी संक्रमणलाई रोक्न एक खोप तयार गर्न पनि काम गरेका छन् । २००३ मा इन्ष्टिच्युट फर सायीनटफिक इन्फर्मेसनले बताएअनुसार १९८३ देखि २००२ सम्म डा. फाउसी विश्वभरका हरेक विषयका २५ देखि ३० लाख लेखकहरुमध्ये सबैभन्दा लेखिने र पढिने वैज्ञानिक थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij