आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जापानमा कोरोनाभाइरसको नयाँ लहरबाट आपतकालीन चिकित्सा प्रणाली ध्वस्त भएको

  • प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७



  • टोक्यो। जापानमा कोरोनाभाइरसको नयाँ लहरबाट आपतकालीन चिकित्सा प्रणाली ध्वस्त भएको छ । हालत यतिसम्म खराब भइसकेको छ कि अस्पताल नयाँ संक्रमितहरुलाई भर्ना गर्नबाट जोगिने प्रयास गर्न थालेका छन् । जापानमा कोरोनाभाइरसबाट संक्रमितको संख्या लगभग १० हजार पुगेको छ । यो रोगबाट यहाँ १९० जनाको मृत्यु भएको छ ।

    समाचार एजेन्सी एपीका अनुसार हालै ज्वरो र सास फेर्न कठिनाइ भएका एक व्यक्तिलाई ८० वटा अस्पतालले भर्ना गर्न मानेनन् । यस्तै अर्को एक केसमा ज्वरोबाट पीडित एक व्यक्तिलाई भर्ना गर्नको लागि अस्पतालले ४० वटा क्लिनिकमा सम्पर्क गरे तर सबै क्लिनिकले भर्ना गर्न अस्वीकार गरेपछि अन्ततः घण्टौंपछि भर्ना गरियो ।

    जापनिज एसोसिएसन अफ एक्युट मेडिसिन र जापानिज सोसाइटी फर इमरजेन्सी मेडिसिनका अनुसार कैयौं अस्पतालका इमरजेन्सी कक्ष यस्ता बिरामीको उपचार गर्न अस्वीकार गरिरहेका छन् जो हृदयाघात वा बाहिरी चोटको उपचारको लागि आएका छन् । भाइरसको प्रकोपले जापानमा चिकित्साको अन्तरनिहीत कमजोरीलाई उजागर गरिदिएको छ ।

    विशेषज्ञहरुले सरकारमाथि आरोप लगाउँदै सेक्युरिटी गियर र उपकरणको व्यापक कमीका कारण स्वास्थ्यकर्मीलाई आफ्नो काममा समस्या भइरहेको बताएका छन् । जापानका अस्पतालमा बेड र मेडिकल स्टाफको ठूलो कमी छ । अस्पतालमा भीड र उपकरणको अभावको कारण हल्का लक्षण भएका बिरामीको उपचार भइरहेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij