आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतको आन्ध्रप्रदेशका मुख्यमन्त्रीको कोराना परीक्षण

  • प्रकाशित मिति : शनिबार, बैशाख ६, २०७७



  • एजेन्सी । भारतको आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले आफ्नो पनि कोविड १९ को परीक्षण गराउनुभएको र उनलाई उक्त भाइरसको संक्रमण नदेखिएको जनाइएको छ । उनले शुक्रबार र्यापिड टेष्टमार्फत आफ्नो परीक्षण गराउनुभएको बताइएको छ । दक्षिण कोरिया सरकारले आन्ध्रप्रदेशलाई दिएका र्पापिड टेष्ट किटबाट आफ्नो पनि परीक्षण गराउनुभएको समाचारमा जनाइएको छ ।

    दक्षिण कोरिया सरकारले आन्ध्रप्रदेश सरकारलाई एक लाख र्यापिड टेष्ट किट उपलब्ध गराएको थियो । दक्षिण कोरियाबाट विशेष विमान चार्टर गरेर ती किटहरु ल्याइएको समाचारमा जनाइएको छ । आन्ध्रप्रदेश राज्य सरकारको सचिवालयले दिएको जानकारी अनुसार ती किटहरुका माध्यमबाट अब उक्त राज्यका विभिन्न सम्भाव्यस्थलहरुमा घरघरमै पुगेर परीक्षण गरिने छ ।

    सो परीक्षणपछि १० मिनेटमा नै रिपोर्ट आउने बताइएको छ । यो परीक्षण किटलाई प्रभावकारी मानिएको छ । छोटो समयमै यसको संक्रमण थाहा पाउन सकिने भएकोले यो परीक्षणबाट यहाँ कोविडको सम्भावित संक्रमण रोक्न सहयोग पुग्ने बताइएको छ ।

    शुक्रबार ती किटहरु आन्ध्रप्रदेश राज्य सरकारलाई हस्तान्तरण गरिएको थियो । शुक्रबारै ती किटबाट परीक्षणको आरम्भ मुख्यमन्त्री रेड्डीलाई परीक्षण गरेर शुरु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij