आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मलेसियाले विदेशीहरुको सामूहिक कोरोना परिक्षण गर्ने

  • प्रकाशित मिति : आइतवार, बैशाख ७, २०७७



  • क्वालालम्पुर । मलेसियामा कोरोना संक्रमित विदेशी बढेसँगै मलेसियाले विदेशीहरुको सामूहिक कोरोना परिक्षण गर्ने भएको छ । सिंगापुरमा अत्यधिक संख्यामा आप्रवासीहरुमा कोरोना संक्रमण देखिएपछि मलेसियाले पनि आप्रवासी कामदारहरुमा निगरानी राख्न लागेको हो ।

    मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डातु डाक्टर नूर हिशम अब्दुल्लाले भने ‘हामीसँग ठूलो संख्यामा विदेशी कामदारहरू रहेकाले उनीहरुको वारेमा अध्यन गर्ने उनीहरुको सामुहिक परिक्षण गर्ने सरकारले तयारि गरेको छ ।’

    मलेसियामा हालसम्म ६०१ जना आप्रवासी नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । ती मध्ये ३ जना नेपाली पनि छन् । यहाँ अहिलेसम्म शंका गरिएका विदेशीमा कोरोना परिक्षण गर्दा ठुलोमात्रामा संक्रमित भेटिनु र सिंगापुरमा एकैदिन करिव हजार विदेशीमा कोरोना देखिएपछि लाखौंलाख विदेशी नागरिक रहेको मलेसियाले सामूहिक परिक्षण गर्न लागेको हो ।

    मलेसियामा कोरोनाका कारण हालसम्म ८९ जनाको मृत्यु भएको छ भने ५ हजार ३ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मलेसियाको स्थानीय समाचार संस्था मलाया मेलले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij