आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोनाबाट २ लाख २८ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा मात्र ६१ हजार बढीको ज्यान गयो

  • प्रकाशित मिति : बिहिबार, बैशाख १८, २०७७



  • काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर रुपमा बढीरहेको छ ।

    महामारीको रुप लिएको यो भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्र विश्वभर ८१ हजार ३ सय संक्रमित थपिँदा साढे ६ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २८ हजार संक्रमित थपिँदा २ हजार ३६९ जनाको मृत्यु भएको छ ।

    केही दिन रोकिएको कोरोना संक्रमण त्यहाँ फेरि तीव्र गतिमा फैलिन थालेको छ । अमेरिकामा हालसम्म १० लाख ६३ हजार संक्रमितमध्ये ६१ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

    त्यस्तै स्पेनमा २ लाख ३६ हजार ८ सय व्यक्ति संक्रमित पुग्दा २४ हजार २ सयको मृत्यु भएको छ ।

    इटालीमा २ लाख ३ हजार संक्रमितमध्ये २७ हजार ६ सयले ज्यान गुमाएका छन् । फ्रान्समा संक्रमितको संख्या १ लाख ६६ हजार ४ सय पुगेको छ ।

    जसमध्ये २४ हजार व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा संक्रमितको संख्या १ लाख ६५ नाघ्दा २६ हजारले ज्यान गुमाएका छन् ।

    जर्मनीमा १ लाख ६१ हजार संक्रमितमध्ये ६ हजार ४ सय व्यक्तिको मृत्यु भएको छ । टर्कीमा संक्रमितको संख्या १ लाख १७ हजार ५ सय संक्रमित पुगेको छ ।

    जसमध्ये ३ हजार व्यक्तिले ज्यान गुमाएका छन् । बाँकी देशमा भने संक्रमितको संख्या १ लाख भन्दा कम छ ।

    विश्वभर संक्रमितको संख्या ३२ लाख १७ हजार नाघेको छ । जसमध्ये ९ लाख ९९ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् भने २ लाख २८ हजारले ज्यान गुमाएका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij