आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ऋषि कपूरको निधनपछि पत्नी नितु कपूरले लेखिन्,‘हाम्रो कथाको अन्त्य’

  • प्रकाशित मिति : आइतवार, बैशाख २१, २०७७



  • एजेन्सी – बलिउड अभिनेता ऋषि कपूरको निधनपछि बलिउड उद्योग शोकमा डुबेको छ । त्यसमाथि पनि परिवार झन् ठूलो पीडाबाट गुज्रिरहेका छन् ।

    यसैबीच, ऋषि कपूरको निधनपछि उनकी पत्नी नितु कपूरले उनको सम्झनामा सामाजिक सञ्जालमा फोटो शेयर गरेकी छिन् । उनले तस्बिरमार्फत श्रद्धान्जली दिँदै निकै थोरै शब्द लेखेर धेरैलाई भावुक बनाएकी छिन् ।

    उनले तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो कथाको अन्त्य’ । यसका साथै उनले मुटुवाला इमोजी पनि राखेकी छिन् । उनले शेयर गरेको तस्बिरमा सेलिब्रेटी तथा उनीहरुका प्रशंसकहरुले सान्त्वना दिइरहेका छन् ।

    प्रसिद्ध अभिनेता ऋषि कपूरको निधन गत अप्रिल ३० मा भएको हो । उनको ६७ वर्षको उमेर रिलायन्स फाउन्डेशन अस्पतालमा निधन भएको हो । उनको जन्म सन् १९५२ सेप्टेम्बर ४ मा भएको थियो । उनी भारतीय फिल्म क्षेत्रका सफल अभिनेता, फिल्म निर्माता र निर्देशक हुन्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij