प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०७७
प्रशिक्षणका क्रममा भएको विमान दुर्घटनामा दुई पाइलटको मृत्यु भएपछि क्रोसियाका रक्षामन्त्री दामिर क्रिस्टिसेभिकले बिहीबार पटबाट राजीनामाको घोषणा गरेका छन्।
जिल्न प्रशिक्षण विमान बिहीबार दिउँसो जडारको एड्रियटिक शहर नजिकै दुर्घटना भएको थियो।
‘कुनै पनि रक्षामन्त्री र कमाण्डरका लागि सिपाही गुमाउनु गाह्रो हुन्छ। के भएको हो भन्नेबारे पूर्ण र पारदर्शी अनुसन्धान गर्नु महत्त्वपूर्ण छ,’ क्रिस्टिसेभिकले पत्रकार सम्मेलनमा पद छोड्ने निर्णय गर्दै भने।
राजीनामा घोषणा गर्ने क्रममा उनले जनवरीमा पनि हेटिकप्टर दुर्घटना हुँदा दुई सैन्य पाइलटको मृत्यु भएको उल्लेख गरेका थिए।
क्रोएसियाको समाचार एजेन्सी हिनालाई एक सरकारी प्रतिनिधिले जनाए अनुसार शुक्रबार क्रिस्टिसेभिकसँग प्रधानमन्त्री आन्द्रेज प्लेनकोभिकले भेट गर्नेछन्।
प्रतिनिधिले प्लेनकोभिकले क्रिस्टिसेभिकको राजीनामा स्वीकार्ने छन् वा छैनन् भन्ने विषयमा भने केही खुलाएका छैनन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij