आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा!

  • प्रकाशित मिति : शनिबार, बैशाख २७, २०७७



  • भीमदत्तनगर । क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन् ।

    उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लखेटिएको थियो । करिब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका १५० भन्दा बढी नेपालीले कँग्रेस प्रदेश महासचिव कापरीले भोजनको व्यवस्थापनसमेत गरेका छन् ।

    “लखेटिएका नेपालीलाई पुनः त्यही क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइन नबसेकालाई खटिमामै क्वारेन्टाइनमा राख्नुपर्ने र नेपाल सरकारले पनि आफ्ना नागरिक लैजान पहल गरोस् भनेर धर्नामा दिइयो ।” खटिमाको सञ्जयपार्क शहीद स्मृतिमा धर्नामा बसेका उनले भने, “खटिमा क्षेत्रमा अलपत्र नेपाली भारतका विभिन्न ठाउँबाट पैदल आउने क्रम रोकिएको छैन ।”

    अलपत्र नेपाली खटिमाको बसपार्क, सडक छेउछाउमा आश्रय लिइरहेको छन् । उनीहरु कञ्चनपुर, जाजरकोट, कालिकोट, डडेल्धुरा, कैलाली र बैतडीका स्थानीयवासी रहेको बुझिएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सीमावर्ती भारतीय बजारमा नेपाली अन्यत्रबाट आइरहेको जानकारी प्राप्त भइरहेको बताए ।

    “हाम्रो अफिसियल तथ्याङ्कअनुसार सीमावर्ती भारतीय बजार बनबासा र टनकपुर क्वारेन्टाइनमा २५१ नेपाली छन्”, उनले भने, “नेपाल ल्याउने विषयमा केन्द्रबाट केही निर्देशन आएको छैन ।”रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij