आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संक्रमित बढेपछि दक्षिण कोरियाका २५१ विद्यालय बन्द

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६, २०७७



  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमित बढेपछि दक्षिण कोरियाले मुलुकका २५१ विद्यालय पुनः बन्द गराएको छ । संक्रमितको संख्यामा निरन्तर कमी आएसँगै केही दिनअघि दक्षिण कोरियामा विद्यालय खोलिएको थियो । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा कोरोना भाइरसका ५६ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन दक्षिण कोरियामा ७९ नयाँ संक्रमित फेला परेका थिए । यो संख्या दक्षिण कोरियाका लागि पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै थियो ।

    अहिले फेला परेकामध्ये अधिकांश संक्रमित दक्षिण कोरियाको पश्चिमी क्षेत्र बचुनमा रहेको एक डिस्ट्रिब्युसन सेन्टरमा पाइएको थियो । बचुन एक घना बस्ती भएको क्षेत्र हो । त्यसैले अधिकारीहरूले यो क्षेत्रमा कोरोना भाइरसका संक्रमितको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।

    बचुनमा मुलुकको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी कुपांगको कार्यालय छ । अधिकारीहरूले यो कम्पनीले संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम नचालेको आरोप लगाएका छन् ।

    त्यसैगरी, अहिले दक्षिण कोरियामा यो कम्पनीका कर्मचारीसँग सम्पर्कमा आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको काम भइरहेको छ । संक्रमणको दर बढेसँगै बचुन सहरका २५१ विद्यालय पुनः बन्द गरिएको हो । विद्यालय खोल्ने तयारीमा रहेकाहरूले पनि निर्णय परिर्वतन गरेका छन् ।

    सरकारले दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनको लागि भौतिक दूरी कायम राख्नेलगायतका नियममा कडाइ गरेको छ ।

    स्रोत : बीबीसी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij