प्रकाशित मिति : मङ्लबार, जेष्ठ २०, २०७७
२०४२ सालमा भारतबाट ५६ हजार लिएर म दाङ आएँ। ५५ हजार मैले भिनाजुलाई दिएँ तर त्यो रकम भिनाजु दिनु भएन।मेरो नौ जनाको परिवार दृष्टि बिहिन छन्।म १३ बर्ष देखि दु:ख पाएर ७६ बर्ष भैँसके अहिले सम्म पनि दु:ख पाईरहेको छु।राज्यले कहिले सहयोग गरेन मेरो लागि राज्य हुनु र नहुनू एउटै हो। केही दिन अघि मेरो घरमा एकजना युवा आउँनु भो, म ओलीको भान्जा भन्दै बस्नको लागि गुहार माग्नु भो, अनि केही दिन पछि राती बाकस फोडेर २६ हजार चोरेर भाग्नु भो, अहिलेसम्म पनि कहिँ उजुरी गरे मार्दिन्छु, भने धम्की दिईरहनु भएको छ तर उजुरी गर्दा प्रहरीले न्याय दिन सकेको छैन आशा कस्को गरौँ ???
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij