आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाबाट नेपाल फर्कनेलाई जुन २३ र २५ मा चारवटा उडान

  • प्रकाशित मिति : मङ्लबार, असार २, २०७७



  • वासिंगटन डिसी । अमेरिकामा अप्ठेरोमा परी स्वदेश फर्कन चाहने नेपाली नागरिकहरुका लागि जुन २३ र जुन २५ का दिन चारवटा उडान तय भएका छन् । वासिंगटन डिसीस्थित नेपाली दूतावासले आज अपरान्ह जारी सूचनाअनुसार, टर्किस् एयरलाइन्स र कतार एयरवेजले अमेरिकाका ४ प्रमुख शहरहरुबाट तत्काल नेपाल फर्कनै पर्ने नेपाली नागरिकहरुका लागि उडान भर्ने छन् ।

    जसअनुसार जुन २३ मा टर्किस एयरलाइन्सले न्यूयोर्कबाट नेपालका लागि उडान गर्नेछ । सोही एयरलाइन्स जुन २५ मा सिकागोबाट उडान गर्ने तय भएको दुतावासले जनाएको छ । त्यसैगरी कतार एयरले जुन २३ मा वासिंगटन डिसीबाट र जुन २५ मा डालास टेक्ससबाट नेपालका लागि उडान गर्ने भएको छ । दूतावासको सूचनाअनुसार, टर्किस एयरलाइन्सले नेपालका लागि एकतर्फी १५३७ अमेरिकी डलर भाडा तोकेको छ भने कतार एयरवेजले १६ सय अमेरिकी डलर भाडा तोकेको छ ।

    नेपाल जानका लागि नेपाली नागरिकहरुले केही शर्तहरु अनिवार्यरुपमा पालन गर्नु पर्ने दूतावासले जनाएको छ । जसअनुसार, नेपाल फर्कन चाहनेहरुले अमेरिकाबाट उड्नुअघि कोरोनाको पीसीआर वा आरटीडी परीक्षण गरी त्यसको रिपोर्ट नेगेटिभ भएको हुनैपर्ने वा कोभिड १९ को लक्षण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको कागजात प्रमाणको रुपमा पेश गरेको हुनुपर्ने उल्लेख छ । नेपालमा पुगेपछि नेपाल सरकारले तोकेको क्वारिन्टिनमा बस्नुपर्ने शर्त पनि दूतावासको सूचनामा उल्लेख छ ।

    अमेरिकामा कोभिडको पीसीआर वा आरटीडी परिक्षण कुनै कडा लक्षण नभएका व्यक्तिहरुका लागि सामान्यतया नगरिने हुंदा नेपाल उड्न तयार भएका व्यक्तिहरुले कसरी कोरोना परीक्षण गर्न सक्छन् भन्ने कुरा भने दूतावासको सूचनामा उल्लेख गरिएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij