आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँ प्रेमिकालाई मायाको प्रमाण दिन पूर्वप्रेमिकाको विभत्स हत्या

  • प्रकाशित मिति : मङ्लबार, असार ९, २०७७



  • काठमाडौं। एक युवकले आफ्नी नयाँ प्रेमिकालाई मायाको प्रमाण दिन पूर्वप्रेमिकालाई बार्बिक्यूको लागि लोभ्याएर जंगलमा लगी विभत्स तरिकाले मारिदिएका छन् । द सनका अनुसार घटना रुसको हो । रुसको नोभोसिब्रिस्क क्षेत्रको सुजुन गाउँमा २० वर्षका अलेक्सी पेत्रोभले पूर्व प्रेमिका अनास्तासिया पोसपोल्भाको हत्या गरेका हुन् ।

    पेत्रोभ र उनकी नयाँ प्रेमिका येकातेरिना कर्पोभाले योजनाबद्ध तरिकाले हत्या गर्नको लागि अनास्तासियालाई सुजुन गाउँ नजिकैको जंगलमा पार्टी राखेको भन्दै बोलाएका थिए । अनास्तासिया आउन राजी भए पछि उनीहरुले जंगलमा गएर बोनफायर बनाए र रक्सी पिउन थाले । स्थानीय मिडियाका अनुसार पेत्रोभले आफ्नो खल्तीबाट चक्कु निकाले र अनास्तासियालाई घाँटीमा पटक पटक प्रहार गरे ।

    सहयोगका लागि कराएकी अनास्तासिया आफ्नो बचाउमा लागिन् तर पेत्रोभले अनास्तासियाको छातीमा गोली हाने गला दबाएर हत्या गरे । त्यसपछि पेत्रोभ र कर्पोभाले शवलाई झाडीमा लुकाएर अनास्तासिया हराएको नाटक गरेका थिए । त्यसको लगत्तै, पुलिसले अनास्तासियाको शव फेला पारेपछि घटना बाहिर आएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij