आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ह्वात्तै बढ्दो

  • प्रकाशित मिति : मङ्लबार, असार २३, २०७७



  • काठमाडौं, असार २३ । कोरोना भाइरसबाट तेस्रो उच्च संक्रमित मुलुक बनेको भारतमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।

    कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १८४ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४६७ जनाको मृत्यु भएको छ ।

    संक्रमित हुनेको संख्यासात लाख नाघेर सात लाख २१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा २२ हजार २५२ नयाँ संक्रमित फेला परेका जनाइएको छ ।

    भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा दुई लाख ११ हजारभन्दा बढी संक्रमित पुगेका छन् भने नौ हजार २६ जनाको मृत्यु भएको छ ।

    तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा एक हजार ५७१ जनाको मृत्यु भएको छ । दिल्लीमा एक लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार ११५ जनाको मृत्यु भइसकेको छ ।

    उत्तर प्रदेशमा २८ हजारभन्दा बढी संक्रमितहुँदा ८०९ जनाको मृत्यु भएको छ भने बिहारमा १२ हजारभन्दा धेरै संक्रमित हुँदा ९७ जनाको मृत्यु भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij