आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीन–भारत विवाद : पछाडि हटेको छैन चिनियाँ सेना

  • प्रकाशित मिति : शनिबार, असार २७, २०७७



  • नयाँ दिल्ली (एजेन्सी)। भारतीय सरकारी स्रोतका अनुसार बिहीबार बेलुकासम्म ‘हट स्प्रिंग्स को प्रेट्रोलिंग प्वाइन्ट १७ मा’ भारत र चीनका सेनाबीच डिसइन्गेजमेन्टको प्रक्रिया पूरा गरिएको छ। गएको हप्ताको तुलनामा यसलाई हेर्ने हो भने यसको अर्थ गलवान क्षेत्रको हट स्प्रिंग्सको पेट्रोलिंग प्वाइन्ट १४ र १५ मा दुबै देशका सेना अब एक अर्काको आमने–सामने छैनन्। यसपछि अब गलवानको उत्तरतर्फको प्यांगोंग तालतर्फ ध्यान गएको छ।

    डी–एस्केलेशनको विपरित डिसइन्गेजमेन्ट एक स्थानीय प्रक्रिया हो। हालसम्म सेनाहरु आमने–सामने डटिरहेका थिए, अब त्यस्तो गरिरहेका छैनन्। खासमा डी–एस्केलेशन एक विस्तृत र तथ्यपरक प्रक्रिया हो, जसले त्यहाँ वास्तावमै अवस्थामा सुधार भएको देखाउँछ। हालको अवस्थामा डी–एस्केलेशनका लागि निकै धेरै गर्न बाँकी छ।

    तर पिंmगर ४ क्षेत्रमा चिनियाँ सेनाको सेनाको घट्दै गएको संख्या र सञ्चारमाध्यममा आएका रिपोर्टलाई कसरी हेर्ने। यो त्यो स्थान हो जसलाई पार गरेर भारतीय सेना अगाडि पूर्वतफ बढ्छ र फिंगर ८ सम्मको क्षेत्रमा निगरानी गर्छ। एक सरकारी स्रोतले भन्यो, ‘चिनियाँ सैनिकको संख्यामा कमी आएको छ। तर, बाँकी स्थानमा सेना फैलिएको छ। उनीहरु पछाडि फर्केका छैनन्। जति हामीलाई थाहा छ, सायद उनीहरु आफ्नो सेनालाई रोटेट गरिरहेका छन्। अथवा एक स्थानबाट अर्को स्थानमा लगिरहेका छन्।’

    प्यांगोंग ताल क्षेत्रमा तैनाथ रहिसेका एक अन्य अधिकारी भन्छन्, ‘फिंगर एरियामा भारतीय र चिनियाँ दुबै सेनाको शिविर छ। हामीले चिनियाँ सेना पछाडि गएको त्यो बेलामात्र मान्न सक्छौं जब फिंगर ४ मा रहेका संरचना हटाउँछन्। यस्तो किनभने धेरै सैनिक ल्याएर केही सैनिक पछाडि जानुलाई पछाडि हटेको मान्न सकिँदैन। त्यहाँ अहिले पनि ठूलो संख्यामा चिनियाँ सेना छ।’

    गएको जुन १५ मा गलवान उपत्याकामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए। त्यसपछि चीन र भारतबीच तनाव भएको थियो। पछिल्ला दिनहरुमा भारत र चीन सीमामा शान्ति कायम गर्न सहमत भएको बताइएको थियो। भारतीउ सञ्चारमाध्यमहरुले चिनियाँ सेना पछाडि हटेको दावी गरे पनि भारतीय सेनाकै अधिकारीले भने चिनियाँ सेना पछाडि नहटेको बताएका छन्। (बीबीसी हिन्दीको सहयोगमा)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij