आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका

  • प्रकाशित मिति : शनिबार, साउन ३, २०७७



  • लण्डन । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकहरुको पुनरावलोकन गर्न माग गरिएको छ । यहाँका जनस्वास्थ्य सम्बन्धी केही गैर सरकारी संस्थाहरुले गरेको अनुसन्धानका क्रममा बेलायतमा कोरोना भाइरसबाट भएको मृत्युको संख्या नमिल्ने देखिएको छ ।

    बेलायतमा ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसबाट निधन भएको छ । त्यस्तै अरु पनि कैयौँ व्यक्तिले कोरोनाको परीक्षण नगरी पनि ज्यान गुमाएका छन् । यसरी अस्पताल नै नआई कोरोनाका कारण ज्यान गुमाउन पुगेका व्यक्तिहरुको बारेमा भने तथ्यांक नराखिएको पनि हुनसक्ने हालै प्रकाशित एक अनुसन्धानमूलक लेखमा सार्वजनिक भएको पाइएको छ ।

    अक्फोर्ड विश्वविद्यालयमा यस विषयका विज्ञहरुले जम्मा पारेको तथ्यांक र सरकारले बेलायतमा कोरोनाका कारण भएको मृत्युको तथ्यांक नमिल्ने जनाइएको समाचारमा उल्लेख गरिएको छ ।

    त्यस अनुसन्धानमूलक लेखमा भनिएको छ कि कुनै पनि व्यक्ति स्वास्थ्य परीक्षण गराएपछि कोरोना भाइरसको संक्रमित हुन्छ र अस्पातमा या घरैमा उपचारमा बस्छ तर पछि उ निको भएर घर फर्किएपछि अरु कुनै कारणले उसको निधन भयो भने त्यसलाई पनि कोरोनाको निधनका रुपमा राख्ने गरिएको छ ।

    कतिपय मानिस कोरोना निको भएर घर गएपछि हृदयाघात भएर या अरु नै कुनै कारणले निधन भयो भने पनि उसलाई कोरोनाको मृत्युका रुपमा गणना गर्ने गरिएको छ । यहाँका सरकारी निकायहरुले सार्वजनिक गर्ने गरेका कोरोनासँग सम्बन्धितको मृत्युको संख्या नमिलेको सो लेखमा बताइएको छ ।

    त्यसैले यहाँका कारोना भाइरसको मृत्युको तथ्यांक नै पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको दुई जना विज्ञद्धारा लेखिएको सो लेखमा उल्लेख गरिएको सो समाचारमा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij