आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

किम जोङ उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु

  • प्रकाशित मिति : सोमवार, भदौ ८, २०७७



  • काठमाडौं। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ। दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे जङका पूर्व अफिसर भइसकेका पूर्व राजनीतिज्ञ चाङ सङ मिनले किम जोङ उन कोमामा रहेको दाबी गरेका थिए।

    पछिल्लो समय किम जोङ उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। तर किम जोङ उन सबैका सामुन्ने स्वस्थ रुपमा सार्वजनिक भएका थिए। तर अहिले दक्षिण कोरियाका राजनीतिज्ञद्वारा किम कोमामा रहेको भन्ने अभिव्यक्ति आएपछि उनको स्वास्थ्यलाई लिएर फेरि चर्चा सुरु भएको छ।

    डेली मेलको एक रिपोर्टका अनुसार स्थानीय संचारमाध्यमसँग कुरा गर्दै दक्षिण कोरियाका राजनीतिज्ञले किम जोङ उन कोमामा रहेको दाबी गरेका हुन्। उनी कोमामा हरेका कारण अहिले पूर्ण उत्तराधिकार संचरनाको गठन गरिएको छैन। त्यही कारण उनकी बहिनीलाई अगाडि सार्ने चर्चा सुरु भएको हो।

    यसअघि उत्तर कोरियाको अर्थ व्यवस्थालाई लिएर किम जोङ उन निकै चिन्तित रहेको खबर सार्वजनिक भएको थियो। त्यही कारण उनले अमेरिकासँग सम्बन्ध सुधार गर्न राष्ट्रपति ट्रम्पसँग वार्तासमेत गरेका थिए।

    यसअघि उनको मुटुको सर्जरीमा तलमाथि हुँदा किम जोङ उनको स्वास्थ्य अवस्था निकै गम्भिर भएको समाचार सार्वजनिक भएको थियो। उनको निधन भएकोसम्मका समाचार सार्वजनिक भएका थिए। तर त्यसको केही दिनपछि एक सार्वजनिक कार्यक्रममा उनी सार्वजनिक भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij