आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा ५० किलो चाँदी चोर्ने नेपालीहरुको ग्याङ नै पक्राउ ! पहिले पनि पक्राउ परेका थिए

  • प्रकाशित मिति : बुधबार, भदौ १०, २०७७



  • काठमाडौं। भारतमा ५० किलो चाँदी चोर्ने चोरहरुको ग्याङ नै पक्राउ परेको छ । ६ जना सदस्य रहेको ग्याङमा ४ जना नेपाली रहेको बैंगलोर मिररले जनाएको छ । बैंगलोरको ह्वाइटफिल्डमा रहेको एक गहना पसलबाट ५० किलो चाँदी चोरेको अभियोगमा उनीहरुलाई सेन्ट्रल क्राइम ब्रान्चले पक्राउ गरेको हो । पुलिसले अभियुक्तबाट २४ किलो चाँदी र ३६० ग्राम सुन पनि बरामद गरेको छ जसको मूल्य ३० लाख रहेको बताइएको छ ।

    अभियुक्तहरु कमल भनिने अमर सिंह, गणेशबहादुर शाही, कृष्णराज जैसी, चरण सिंह, सलिम पासा र शाहिद नामका रहेको बताइएको छ । अभियुक्तहरुले अगष्ट ८ मा पसल फुटाएको र सुन राखिएको सेफ फुटाउने असफल प्रयास गरेको बताइएको छ । पुलिसका अनुसार यो ग्याङ वर्षौंदेखि सक्रिय थियो र शहरका विभिन्न भागमा घुमिरहन्थ्यो ।

    मुख्य अभियुक्त ४ जना नेपालीहरु शहरका विभिन्न भागमा सुरक्षा गार्ड र दैनिक ज्यालादारी काम गर्ने भएको बताइएको छ । अन्य २ जना त्यही सहरका हुन् । पुलिसका अनुसार ती ४ जना नेपाली यसअघि पनि घर चोरीको अभियोगमा मुम्बइ पुलिसद्वारा पक्राउ परेका थिए भने अन्य २ जना डकैतीको अभियोगमा बैंगलोरमै पक्राउ परेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij