आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अब पालो चीनकोः अमेरिकालाई प्रविधि क्षेत्रमा इतिहासकै ठूलो झट्का दिने चीनको तयारी

  • प्रकाशित मिति : शनिबार, भदौ १३, २०७७



  • काठमाडौं। पछिल्लो केही महिनायता चीनको विश्वका अन्य ठूला अर्थतन्त्रसँग ठूलो ‘युद्ध’ चलिरहेको छ । पछिल्लो पटक अमेरिकाले चीनका कैयौं एपहरुलाई बन्द गरिदिने चेतावनी दिएको छ । अमेरिकाले कैयौं चिनियाँ एपका मालिक कम्पनीहरुसँग सीधा कारोबार बन्द गरिसकेको छ र यी एपहरुलाई पूरै बन्द गर्ने तयारीमा जुटेको छ । भारतले ५ दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ । अस्ट्रेलिया र युरोपेली देश पनि चीनमाथि यस्तै किसिमका प्रतिबन्ध लगाउने तयारीमा जुटेका छन् ।

    अमेरिकासहितका देशहरुले आफूविरुद्ध प्राविधिक र आर्थिक युद्ध सुरु गरेपछि चीनले अब भने जवाफ दिने तयारी थालेको छ । चीनले अमेरिकालाई आर्थिक र प्राविधिक क्षेत्रमा निकै ठूलो झट्का दिने तयारी थालेको छ जुन झट्का अमेरिकाको लागि प्रविधि जगतमा अहिलेसम्मकै ठूलो झट्का हुन सक्छ । चीनले आफ्नो देशमा अमेरिकी कम्पनी एप्पललाई नै प्रतिबन्ध लगाइदिने चेतावनी दिएको छ ।

    एप्पलइनसाइडरको रिपोर्टअनुसार चीनको विदेश मन्त्रालयले शुक्रबार यस्तो चेतावनी दिएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार यदि अमेरिकाले ‘वीच्याट’माथि प्रतिबन्ध लगाए चीनसँग पनि एप्पल र यसका उत्पादनहरु आफूसँग राख्ने कुनै कारण नभएको बताए । अमेरिकामा सामाजिक संजाल वीच्याट बन्द गर्ने माग तीब्र रुपमा उठिरहेको छ । अमेरिकाले यसलाई निकै छिटो बन्द गर्न सक्ने सम्भावना छ ।

    यदि चीनले एप्पललाई बन्द गरिदिए यसले अमेरिकालाई निकै ठूलो झट्का लाग्नेछ किनकि एप्पल र एन्ड्रोइड उपकरणहरुको विश्वमै सबैभन्दा ठूलो बजार चीन हो । एप्पलइनसाइडरकै रिपोर्टअनुसार चीनले यी उपकरणहरुको ठूलो बजारको रुपमा अमेरिकालाई ७ वर्षअघि नै उछिनेको थियो । यदि एप्पलले आफ्नो सबैभन्दा ठूलो बजार गुमाउनुपरेमा उसलाई निकै ठूलो धक्का लाग्नेछ । यो धक्का सम्भवतः प्रविधि जगतकै सबैभन्दा ठूलो धक्का हुन सक्छ ।

    उता अमेरिकी राष्ट्रपति ट्रम्पले भने टिकटक र वीच्याट बन्द गर्ने भनिसकेका छन् । अमेरिकाले यी दुवै एपमाथि सेप्टेम्बरमा प्रतिबन्ध लगाउन सक्छ । ट्रम्पले यी एपले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको बताएका छन् । ट्रम्पको यो घोषणापछि अमेरिका र चीनबीच व्यापारयुद्ध उत्कर्षमा पुगेको छ । टम्पको घोषणासँगै झाओ लिजियानले ‘अमेरिकाले वीच्याट बन्द गरे चिनियाँहरुसँग पनि एप्पलका उत्पादन प्रयोग गर्नुपर्ने कुनै कारण नदेखिने’ बताएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij